बंगलादेश र पाकिस्तानबीच १४ वर्षपछि हवाई सेवा सञ्चालन

न्यूज एजेन्सी पीटीआई र पाकिस्तानी अखबार डनका अनुसार दुबै देशबीच १४ वर्षपछि सिधा हवाई सेवा सुरु भएको हो ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Air service between Bangladesh and Pakistan resumes after 14 years

काठमाडौँ — बंगलादेश र पाकिस्तानबीच १४ वर्षपछि सिधा हवाई सेवा सुरु भएको छ । 

बिहीबार बंगलादेशको राजधानी ढाकाबाट उडान भरेको एक विमान बिहीबार पाकिस्तानको कराचीस्थित जिन्ना इन्टरनेशनल विमानस्थलमा अवतरण गरेको छ । 

न्यूज एजेन्सी पीटीआई र पाकिस्तानी अखबार डनका अनुसार दुबै देशबीच १४ वर्षपछि सिधा हवाई सेवा सुरु भएको हो । 

पाकिस्तान विमानस्थल अधिकारीका अनुसार विमान बंगलादेश एयरलाइन्सको हो । उडान बीजी–३४१ बिहीबार साँझ ढाकाबाट कराची पुगेको हो । 

विमानस्थल प्रशासनले भनेको छ, ‘ढाकाबाट आउने यो पहिलो उडान हो । जो १४ वर्षपछि जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।’

गत वर्ष हसिना शेखको सत्ता पतनपछि पाकिस्तानसँग बंगलादेशले सम्बन्ध नजिक बनाएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully