सीमा विवादमा फसेका कम्बोडिया र थाइल्यान्ड सहमति जुटाउन असफल

सहमतिपछि मात्रै कम्बोडिया–थाइल्यान्ड आरबीसी बैठक र कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबीच औपचारिक हस्ताक्षर समारोह हुने भएकाे छ

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Cambodia and Thailand fail to reach agreement on border dispute

नोम पेन(कम्बोडिया) — कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबीच कुनै पनि सहमति जुटाउन असफल भए पछि बिहीबार सम्पन्न भएको कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले  बताएका छन्।

कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबीच आसियान पर्यवेक्षक टोलीको अवलोकनमा भएको जनाइएको छ। 

‘दुवै पक्ष अझै साझा आधारमा पुग्न सकेका छैनन्, यद्यपि, दुवै पक्ष सहमति नभएसम्म कागजात आदान – प्रदान र वार्ता जारी राख्न आ–आफ्नो मुख्यालयमा फर्कन सहमत भएको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले विज्ञप्ती जारी गर्दै बताएका छन्।

सहमतिपछि मात्रै कम्बोडिया–थाइल्यान्ड आरबीसी बैठक र कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबीच औपचारिक हस्ताक्षर समारोह हुने उनेले बताए।

कम्बोडिया र थाइल्यान्डले सशस्त्र द्वन्द्वको नयाँ चरणको तीन हप्ता पछि सन् २०२५ को डिसेम्बर –२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए। रासस/सिन्ह्वा

कान्तिपुर संवाददाता

Link copied successfully