आर्कटिक क्षेत्रको चिसो र कम दबावको हावाको प्रणालीले अमेरिकामा हिमआँधी सिर्जना गर्ने गरेको छ ।
What you should know
काठमाडौँ — अमेरिकामा हिमआँधीले विद्युत प्रसारण गृहहरुमा क्षति पुर्याउँदा झन्डै १० लाखभन्दा धेरै मानिस अन्धकारमा बाँच्न बाध्य भएका छन् ।
त्यस्तै १० हजारभन्दा धेरै उडान स्थगित भएका छन् ।
यहाँ ठूलो हिमपात, हिम वर्षा र आँधि चलिरहेको छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्युएस) ले पूर्वी क्षेत्रका दुई–तिहाइ इलाकामा यसको असर देखिने बताएको छ । नागरिकहरुलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
टेनेसी राज्यमा सबैभन्दा धेरै विद्युत कटौती भएको छ। मिस्सिसिपी, टेक्सास, लुसियाना, केन्टच्की, जर्जिया, भर्जिनिया र अलाबामा क्षेत्र पनि प्रभावित भएका छन् ।
यसअघि ओहियो उपत्यकादेखि उत्तरपूर्वमा ठूलो हिमपात हुने प्रक्षेपण गरिएको थियो । त्यस्तै, तल्लो मिसिसिपी उपत्यकादेखि मध्य एटलान्टिक र दक्षिणपूर्वमा ठूलो परिमाणमा हिउँ जम्मा हुने आँकलन गरिएको थियो।
‘देशमा धेरै ठाउँमा यो आँधी फैलिएको छ,’ एनडब्ल्युएसका मौसमविद् एलिसन सान्तोरेल्लीले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आँधीलाई 'ऐतिहासिक' भनेका छन् र शनिबार संघीय आपतकालीन घोषणा स्वीकृत गरेका छन् । लगभग २० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले मौसम आपतकाल घोषणा गरेका छन् ।
'हामी यस आँधीको मार्गमा रहेका सबै राज्यहरुसँग निरन्तर सम्पर्कमा रहनेछौं । सुरक्षित र न्यानो रहनुस्,' ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन् ।
अधिकारीहरूले आँधीपछि एक हप्ता सम्म जीनजीवन प्रभावित हुने बताएका छन् । उनीहरुले यो अवधि निकै चिसो हुने चेतावनी दिएका छन् ।
आर्कटिक क्षेत्रको चिसो र कम दबावको हावाको प्रणालीले अमेरिकामा हिम आँधी सिर्जना गर्ने गरेको छ ।
