तीन साताअघि मात्रै अध्यागमनका एजेन्टले रेने गुड नामकी महिलामाथि गोली प्रहार गरेका थिए । त्यसयता, मिनियापोलिसमा लगातार सरकारको आप्रवासन विरोधी गतिविधिविरुद्ध प्रदर्शन भइरहेको छ ।
काठमाडौँ — अमेरिकाको मिन्नेसोटा राज्यस्थित मिनियापोलिसमा संघीय अध्यागमन अधिकारीहरुले गोली प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय एलेक्स प्रिट्टी छन् ।
तीन साताअघि मात्रै अध्यागमनका एजेन्टले रेने गुड नामकी महिलामाथि गोली प्रहार गरेका थिए । त्यसयता, मिनियापोलिसमा लगातार सरकारको आप्रवासन विरोधी गतिविधिविरुद्ध प्रदर्शन भइरहेको छ ।
प्रदर्शनमा सहभागी भएको प्रिट्टीले अराजक व्यवहार गरेपछि आफ्नो प्रतिरक्षाका लागि एजेन्टले गोली चलाएको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमले बताएकी छिन् । मिन्नेसोटाका गभर्नर टिम वाल्सले यसलाई खण्डन गर्दै संघीय अधिकारीहरुले झुठो बोलेको बताएका छन् ।
उनले संघीय एजेन्टहरुलाई तत्काल मिन्नेसोटाबाट बाहिरिन निर्देशन दिएका छन् । त्यस्तै, यस घटनाको राज्य सरकारले छानविन गर्ने बताएका छन् ।
घटनापछि सरकारविरोधी आन्दोलन थप चर्किएको छ ।