सिरिया–लेबनान सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमण, दुईको मृत्यु

नोभेम्बर २०२४ मा इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएपनि हिंसा कायमै रहँदा अहिलेसम्म लेबनानमा ३ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Israeli airstrike on Syria-Lebanon border kills two

What you should know

काठमाडौँ — सिरिया–लेबनान सीमा क्षेत्रका चारवटा नाकामा इजरायलले आक्रमण गर्दा कम्तिमा २ जनाको मृत्यु भएको छ । त्यस्तै २० जना घाइते छन् । 

हिजबुल्लाहले यस क्षेत्र हुादै हतियारको तस्करी गर्ने गरेको इजरायलको आरोप छ । इजरायल र लेवनानका हिजबुल्लाह लडाकुबीच सन् २०२४ मा युद्धविराम भएपनि त्यसलाई इजरायलले निरन्तर उल्लंघन गर्दै आएको छ । 

‘एकपटक फेरि इजरायलले लेबनानका गाउाहरुमा हवाई हमला गरेर प्रणालीगत आक्रमणको नीति पछ्याइरहेको देखाएको छ,’ लेबबानका राष्ट्रपति जोसेफ औनले बुधबार भने । उनले इजरायल युद्धविराममा प्रतिवद्ध नदेखिएको आरोप लगाए । 

इजरायली युद्ध विमानहरुले दक्षिण लेबनानका धेरै गाउा र बस्तीहरुमा बम हमला गरेको लेबनानको राष्ट्रिय न्युज एजेन्सीले जनाएको छ । अल खारायेव, अल अन्सार, कानारित, केफोर र जार्जोउ क्षेत्रमा आक्रमण भएको उक्त एजेन्सीले जनाएको छ । 

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत सिरिया–लेबनान सीमा क्षेत्रका चारवटा नाकामा आक्रमण गरिएको बताएको छ । हिजबुल्लाहले यस क्षेत्र हुँदै हतियार तस्करी गर्ने गरेको उसको आरोप छ । 

लेबनानको सेनाले विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणमा सर्वसाधारणका भवन र घरहरु ध्वस्त भएको बताएको छ । यस कदमले युद्धविराम सम्झौता र लेबनानको सार्वभौमिकताको अवमुल्यन भएको सेनाले जनाएको छ । 

युद्धविराम सम्झौताअनुरुप हिजबुल्लाहलाई निशस्त्र गर्ने राष्ट्रिय सेनाको योजनामा यस आक्रमणले अवरोध सिर्जना गरेको पनि सेनाले जनाएको छ । इजरायलको आक्रमणलाई देखाएर हिजबुल्लाहले हतियार बुझाउन आनेकानी गर्दै आएको छ ।

नोभेम्बर २०२४ मा इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएपनि हिंसा कायमै रहँदा अहिलेसम्म लेबनानमा ३ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully