पूर्व जापानी प्रधानमन्त्री सिन्जो अवेका हत्यारालाई आजीवन काराबास

८ जुन, २०२२ मा नारास्थित यामातो सादाजी स्टेशनमा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा अवेमाथि गोली प्रहार भएको थियो ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Former Japanese Prime Minister Shinzo Abe's killer sentenced to life in prison

एजेन्सी — जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो अवेका हत्यारालाई आजीवन काराबासको सजाय सुनाएको छ । ४५ वर्षीय तेत्सुया यामागामीले तीन वर्षअघि गोली प्रहार गरेर अवेको हत्या गरेका थिए ।

अभियोजकहरुले यस हत्यालाई 'युद्धपछिको जापानी इतिहासको अनपेक्षित घटना' भन्दै समाजमा यसले अति गम्भीर प्रभाव पारेको बताएका थिए ।

त्यहीकारण यामागामीमाथि आजीवन काराबास हुनुपर्ने उनीहरुको माग थियो । यामागामीका वकिलले २० वर्षभन्दा लामाे काराबासको सजाय दिन नहुने तर्क गरेका थिए ।

८ जुन, २०२२ मा नारास्थित यामातो सादाजी स्टेशनमा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा अवेमाथि गोली प्रहार भएको थियो । 

सन् २००६ देखि २००७ र सन् २०२१ देखि २०२० सम्म दुई कार्यकाल अवे जापानको प्रधानमन्त्री थिए । उनी जापानको इतिहासकै सबैभन्दा धेरै समय प्रधानमन्त्री हुने व्यक्ति हुन् । 

कान्तिपुर

Link copied successfully