एक अर्का विद्यार्थीले भने इरानको अवस्था निकै खराब भएको बताए । सरकारले प्रदर्शनकारीमाथि निकै दमन गरिरहेको र बाहिर निस्कन सक्ने अवस्थासमेत नरहेको उनको भनाइ छ ।
काठमाडौँ — इरानमा जारी प्रदर्शनकाबीच केही भारतीय नागरिक शुक्रबार–शनिबार राति देशमा फर्किएका छन् । दिल्ली विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनीहरुले इरानको ताजा अवस्थाबारे जानकारी दिएका छन् ।
साथै उनीहरुले घर फिर्तिका लागि भारत सरकारलाई धन्यवादसमेत दिएका छन् । इरानबाट भारत फर्किएकी एक एमबीबीएस अध्ययनरत छात्राले इन्टरनेट नभएका कारण इरानमा बाहिरको अवस्था कस्तो छ भन्नेबारे जानकारी नभएको बताइन् ।
आफू बसिरहेको स्थानमा प्रदर्शन भइरहेको छ भन्नेबारे सुने पनि आफूले नदेखेको बताइन् । भारतीय उच्चायोगको सहयोगबारे उनले दूतावासले सम्पर्क गरेको तर आफू भने आफैं फिर्ता आएको बताइन् ।
अन्य छात्रहरुले भने इरानबाट भारत सरकारले फर्किनका लागि पूरै तरिकाले सहयोग गरेको बताएका छन् । एक अर्का छात्रले भने, ‘हामीलाई भारत सरकारबाट पूरै सहयोग प्राप्त भयो । भारतीय उच्चायोगले हाम्रो सुरक्षामा पनि पूर्ण सहयोग गर्यो ।’
एक अर्का व्यक्ति शब्बीर हुसैनले तेहरानमा अब अवस्था ठीक हुँदै गएको र प्रदर्शनकारीको संख्या पनि घट्दै गएको बताए । शब्बीर जम्मू–कश्मिरका हुन् । उनले भने, ‘भारत सरकारको सहयोगकै कारण हामी सुरक्षित देश फर्किन पायौं ।’
तर एक अर्का विद्यार्थीले भने इरानको अवस्था निकै खराब भएको बताए । सरकारले प्रदर्शनकारीमाथि निकै दमन गरिरहेको र बाहिर निस्कन सक्ने अवस्थासमेत नरहेको उनको भनाइ छ । उनले पनि घर फिर्ताका लागि भारत सरकारलाई धन्यवाद दिए ।
