ग्रिनल्यान्ड कब्जा योजनाको विपक्षमा उभिने देशविरुद्ध थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

डेनमार्क र ग्रिनल्यान्डका साथै अन्य देश पनि ट्रम्पको योजनालाई लिएर विरोध गरिरहेका छन् ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Trump warns of more tariffs against countries that oppose Greenland annexation plan

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जाको महत्त्वाकांक्षाविरुद्ध उभिने देशहरुमाथि ट्यारिफ थप गर्ने बढाउने बताएका छन् ।

 व्हाइट हाउसमा एको एक बैठकमा ट्रम्पले भने, ‘यदि अरु देश ग्रिनल्यान्डका विषयमा साथ दिँदैनन् भने उनीहरुविरुद्ध ट्यारिफ थप गरिनेछ ।’ यद्यपि ट्रम्पले कुन–कुन देशविरुद्ध नयाँ ट्यारिफ थप गर्ने भन्ने विषयमा भने खुलाएका छैनन् । 

ग्रिनल्यान्डको आफ्नै सरकार भए पनि डेनमार्गकको टेरिटोरीमा रहेको छ । डेनमार्क र ग्रिनल्यान्डका साथै अन्य देश पनि ट्रम्पको योजनालाई लिएर विरोध गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully