चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकसित ‘लङ मार्च–१२बी’ नयाँ पुस्ताको पुनःप्रयोगयोग्य रकेट हो।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

China's commercial rocket program moves forward

What you should know

काठमाडौँ — चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।

योपरीक्षणलाई आगामी उडान मिसनहरूतर्फको महत्वपूर्ण चरणका रूपमा हेरिएको रकेटविकासकर्ताले जनाएको छ।

उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिकअन्तरिक्ष नवप्रवर्तन पाइलट क्षेत्रमा सम्पन्न यस परीक्षणले रकेट प्रणालीकोकार्यक्षमता र स्थायित्व प्रमाणित गरेको छ।

चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजीकर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकसित लङमार्च१२बीनयाँ पुस्ताको पुनःप्रयोगयोग्य रकेट हो।

योरकेट विशेष गरी व्यावसायिक न्यूनपृथ्वी कक्ष (लो अर्थ अर्बिट) काउपग्रह समूह तैनाथ गर्न डिजाइन गरिएको हो।

यस रकेटमा पृथ्वी नजिकको कक्षमा २० टनसम्म पेलोडबोक्ने क्षमता रहेको छ।

कम्पनीका अनुसार फायरिङ परीक्षणले रकेटको डिजाइनकोसम्भाव्यता र विश्वसनीयता पूर्ण रूपमा पुष्टि गरेको छ, जसले आगामी उडानपरीक्षणका लागि बलियो आधार तयार गरेको छ।

कान्तिपुर

Link copied successfully