बंगलादेशको आवासीय भवनमा आगलागी, छ जनाको मृत्यु, १३ घाइते

अग्नि नियन्त्रकहरुको सक्रियतामा करिब बिहान १० बजे आगो नियन्त्रणमा लिए पछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ ।

माघ २, २०८२

रासस

Fire in Bangladesh residential building kills six, injures 13

काठमाडौँ — बंगलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।

'फायर सर्भिस' र 'सिभिल डिफेन्स कन्ट्रोल रुम'का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासीय भवनको पहिलो तलामा स्थानीय समयअनुसार बिहान ७:५४ मा आगलागी भएको सिन्ह्वाले जनाएको छ । 

अग्नि नियन्त्रकहरुको सक्रियतामा करिब बिहान १० बजे आगो नियन्त्रणमा लिए पछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ । 

ढाकाको प्रहरीका ड्युटी अफिसर नजमुल शकिबले आगलागीका कारण घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा लगेपछि अन्य तीनजनाको मृत्यु भएपछि मृतकको सख्या छ पुगेको बताएका छन् । उनीहरूबाहेक १३ जना घाइते मध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएको छ भने आगलागीको कारण अझै अज्ञात छ ।

रासस

Link copied successfully