अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको आदेश दिनसक्ने खतरा देखेपछि यस्तो निर्णय लिइएको थियो ।
काठमाडौँ — ईरानको नागरिक उड्डयन प्राधिकरणले बिहीबार बिहानदेखि फेरि देशमा उडानहरु सुचारु भएको जनाएको छ ।
बुधबार ईरानले उड्डयन प्राविधकरणसँग पूर्व अनुमति लिएका सिमित उडानबाहेक अन्यका हकमा एयरस्पेश बन्द भएको घोषणा गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको आदेश दिनसक्ने खतरा देखेपछि यस्तो निर्णय लिइएको थियो । ईरानमा पछिल्ला केही दिनदेखि आन्दोलन जारी छ ।
आन्दोलनमा दमन नगर्न ट्रम्पले निरन्तर चेतावनी दिइरहेका छन् । दमन भएमा अमेरिकाले हस्तक्षेप गर्ने पनि उनले बताएका छन् ।
बिहीबार यहाँ १९ औं दिन आन्दोलन भएको छ । एक सातादेखि इन्टरनेट तथा टेलिफोन बन्द भएकाले मृतक तथा घाइतेको यकिन संख्या बाहिर ल्याउन पनि मुस्किल छ ।
