प्रदर्शनकारीले ‘बरफको टुक्रा’ प्रहार गर्दा एक प्रहरी अधिकारी घाइते भएको शहरका अधिकारीहरूले बताएका छन्
काठमाडौँ — अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) एजेन्टको गोली लागेर एक महिलाको मृत्यु भएको विरोधमा मिनियापोलिसमा विरोध प्रदर्शन भएको छ ।
यसक्रममा कम्तिमा २९ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा छन् ।
प्रदर्शनकारीले ‘बरफको टुक्रा’ प्रहार गर्दा एक प्रहरी अधिकारी घाइते भएको शहरका अधिकारीहरूले बताएका छन् । शुक्रबार राति शहरका सडकहरूमा १,००० मानिसहरू उत्रिएका थिए ।
बुधबार आईसीई एजेन्टले गोली चलाउँदा ३७ वर्षीया रेनी निकोल गुडको मृत्यु भएको थियो ।
यस विषयमा संघीय सरकार र मिन्नेसोटा राज्य सरकारले फरक–फरक अभिव्यक्ती दिइरहेका छन् ।
आत्मरक्षाका लागि ती एजेन्टले गोली चलाएको संघीय सरकारको दाबी छ । यता, स्थानीय अधिकारीहरूले ती महिलाबाट एजेन्टलाई कुनै खतरा नभएको र गोली चलाउन आवश्यक नरहेको बताउँदै आएका छन् ।
