इरानका दिवंगत राजाका निर्वासित छोरा रजा पहलवीले बिहीबार स्थानीय समयअनुसार राति ८ बजेसम्म प्रदर्शन जारी राख्न आह्वान गरेका छन् ।
What you should know
काठमाडौँ — इरानमा लगातार १२ दिनदेखि सरकारविरुद्ध प्रदर्शन जारी छ । प्रदर्शन राजधानी तेहरानसहित देशका अन्य कैयौं सहरहरुमा भइरहेका छन् ।
अमेरिकी ह्यूम्यान राइट्स एक्टिभिष्ट न्यूज एजेन्सीको रिपोर्ट अनुसार ३४ जना प्रदर्शनकारी र चार जना सुरक्षाकर्मी मारिएका छन् । यसका साथै दुई हजार भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।
एक मनिटरिङ ग्रुपका अनुसार यी प्रदर्शनका कारण देशमा इन्टरनेट बन्द गरिन थालिएको छ । सामाचार एजेन्सी रोयटर्सका अनुसार इन्टरनेट मनिटरिङ ग्रसप नेटब्लक्सले बिहीबार देशव्यापी प्रदर्शनका क्रममा तेहरान र इरानका अन्य क्षेत्रमा डिजिटल ब्ल्याकआउट भएको थियो ।
इरानका दिवंगत राजाका निर्वासित छोरा रजा पहलवीले बिहीबार स्थानीय समयअनुसार राति ८ बजेसम्म प्रदर्शन जारी राख्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘आज राति लाखौं इरानी आफ्नो स्वतन्त्रताका लागि उभिए । इरानी सरकारको जवाफ कम्युनिकेशन च्यानल पूरै तरिकाले बन्द गर्नु मात्रै देखियो । सरकारले इन्टरनेट बन्द गर्नुका साथै ल्यान्डलाइन फोन डिसेबल गरिदिएको छ । र अब स्याटलाइट सिग्नल पनि रोक्ने प्रयास हुनसक्छ ।’
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । स्वतन्त्र विश्वका नेताका रुपमा उनले फेरि इरानी सरकारलाई जवाफदेही ठहराउने कोशिस गरिरहेको भन्दै ट्रम्पको प्रशंसा गरेका छन् ।
उनले थप भनेका छन्, ‘अब समय आइसकेको छ । अन्य नेताहरु पनि जो यूरोपियन नेताहरु, ट्रम्पको बाटोमा हिँड्नुपर्छ । आफ्नो मौनतालाई तोड्दै इरानमा भइरहेको ज्यादतीविरुद्ध बोल्नुपर्छ । इरानी नागरिकको समर्थनमा तानाशाही सकारमाथि कारबाही गरिनुपर्छ ।’
महँगीविरुद्ध सुरु भएको आन्दोलन अहिले स्वतन्त्रता र सत्ता परिवर्तनतर्फ अघि बढिरहेको छ । शरिया कानुन रहेको इरानमा इस्लामप्रति इमान्दार नहुने र शरीया कानुन तोड्नेहरुलाई क्रुर सजाय दिइँदै आएको छ । सोही कारण पनि महिलाहरुले केही वर्षअघि देखि नै स्वतन्त्रताका लागि आन्दोलन सुरु गर्दै आएका छन् ।
