६६ वटा अन्तर्राष्ट्रिय संस्थालाई अमेरिकाको सहयोग र समर्थन बन्द

दोस्रो कार्यकालका लागि ट्रम्प निर्वाचित भएर आएयता उनले आफ्ना एजेन्डासँग मिल्दोजुल्दो संस्थानलाई मात्रै सहयोग गर्ने बताएका छन् ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

US cuts off aid and support to 66 international organizations

काठमाडौँ — संयुक्त राष्ट्रसंघ जनसंख्या एजेन्सी र संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्बन्धी महासन्धी (युएनफसीसी) सहित ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरुबाट अमेरिका बाहिरिने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ती संस्था, एजेन्सी र आयोगहरुलाई दिइने सहयोग र समर्थन बन्द गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले सहकार्य बन्द गरेका संस्थाहरूमध्ये ३१ वटा संयुक्त राष्ट्रसंघमा आबद्ध संस्थाहरू छन् । त्यस्तै ३५ वटा अन्य अन्तर्राष्ट्रिय निकाय छन् । 

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुमा अमेरिकाले गर्ने लगानी र समर्थनको पुनरावलोकन गरेपछि यस्तो निर्णय लिइएको राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ । 

सहयोग कटौती हुनेमा राष्ट्रसंघसँग सम्बन्धित एजेन्सी, आयोग र जलवायु, श्रम, आप्रवासनलगायत विषयका सल्लाहकार समितिहरु छन् ।

एटलान्टिक सहकार्यका लागि साझेदारी, प्रजातन्त्र र मतदान सहयोगका लागि अन्तर्राष्ट्रि इन्स्टिच्युट, वैश्विक आतंकवाद प्रतिरोधी मञ्चलगायतका संस्थाहरु पनि यसमा समावेश छन् । 

यसअघि नै विश्व स्वास्थ्य संगठन, प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी (युएनआरडब्ल्युए), राष्ट्रसंघ मानव अधिकार नियोग, सांस्कृतिक एजेन्सी (युनेस्को) लगायत संस्थाहरुलाई दिइने सहयोग र समर्थन अमेरिकाले बन्द गरिसकेको छ ।

दोस्रो कार्यकालका लागि ट्रम्प निर्वाचित भएर आएयता उनले आफ्ना एजेन्डासँग मिल्दोजुल्दो संस्थानलाई मात्रै सहयोग गर्ने बताएका छन् । 

अमेरिकाले सहयोग र सहकार्य बन्द गर्ने निर्णय गरेका ६६ संस्था यसप्रकार छन् :

कान्तिपुर

Link copied successfully