रुसी तेल ट्यांकर अमेरिकाको कब्जामा

अमेरिकी न्याय विभाग र गृह सुरक्षा विभागले स्कटल्याण्डको उत्तरपश्चिममा रहेको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट अमेरिकी सेनाले जहाज कब्जामा लिएको जनाएका छन् ।

पुस २३, २०८२

एजेन्सी

Russian oil tanker seized by US

काठमाडौँ — अमेरिकी सेनाले बुधबार उत्तरी एट्लान्टिक महासागरमा रुसी ध्वजावहाक तेल ट्यांकर कब्जा गरेको छ । सेनाले यस जहाजलाई विगत केही दिनदेखि क्यारेबियन सागरबाट पछ्याएको थियो ।

बेला १ नाम दिइएको उक्त जहाजले भेनेजुएलाबाट इरानमा तेल आपूर्ति गर्ने गरेको अमेरिकी सेनाको दाबी छ । सन् २०२४ मा भेनेजुएलाले अमेरिकामाथि नाकाबन्दी लगाएपछि उक्त जहाजको नाम फेरेर मारिनेरा राखिएको थियो ।

अमेरिकी न्याय विभाग र गृह सुरक्षा विभागले स्कटल्याण्डको उत्तरपश्चिममा रहेको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट जहाज कब्जामा लिएको जनाएका छन् । 

डिसेम्बरको अन्त्यतिर भेनेजुएला पुग्ने प्रयास गरेदेखि नै ट्यांकर अमेरिकी निगरानीमा परेको थियो । अमेरिकी तटरक्षक दलले जहाजलाई नियन्त्रणमा लिने प्रयास गरे पनि चालक दलले अमेरिकीहरूलाई जहाजमा चढ्न दिन अस्वीकार गरेको थियो । त्यसपछि बाटो मोडेर यो जहाज र एट्लान्टिक महासागरतर्फ लागेको रूसी सञ्चारमाध्यम आरटीले जनाएको छ । 

रूसले यस घटना अन्तर्राष्ट्रिय जलसन्धि विपरीत रहेको भन्दै कडा भत्र्सर्ना गरेको छ ।

अमेरिकाले अर्को एक जहाजलाई पनि कब्जामा लिइएको जनाएको छ । तर उक्त जहाजको स्वामित्वबारे केही जानकारी प्राप्त भएको छैन ।

एजेन्सी

Link copied successfully