अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि नै इजरायलले विदेशी पत्रकारहरूलाई स्वतन्त्र रूपमा गाजा प्रवेश गर्न रोक लगाएको छ ।
What you should know
काठमाडौँ — काठमाडौँ । इजरायल र हमासबिच युद्धविराम भए पनि गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा प्रवेश नदिएको भन्दै 'द फरेन प्रेस एसोसिएसन' (एफपीए) ले इजरायली सरकारको आलोचना गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै एफपीएले इजरायली सरकारको यो कदमप्रति असन्तोष व्यक्तगरेको हो । इजरायलले दुई दिनअघि मात्रै सर्वोच्च अदालतलाई 'सुरक्षा कारण' देखाउँदै गाजामा सञ्चारमाध्यममाथिको प्रतिबन्ध कायमै राख्नुपर्ने बताएकोथियो ।
अक्टोबर २०२३ मा युद्धसुरु भएदेखि नै इजरायलले विदेशी पत्रकारहरूलाई स्वतन्त्र रूपमा गाजा प्रवेश गर्नरोक लगाएको छ । गाजामा सञ्चारमाध्यमको पहुँचका लागि एफपीएले दायर गरेको रिटमाथिइजरायलले यस्तो प्रतिक्रिया दिएको हो ।
एफपीएले इजरायलको उक्तदाबीविरुद्ध अदालतमा सशक्त जवाफ पेस गर्ने प्रतिबद्धता जनाएको छ । एफपीएद्वारा जारीविज्ञप्तिमा भनिएको छ, 'हाम्रासाहसी प्यालेस्टिनी सहकर्मीहरूसँगै मिलेर स्वतन्त्र रूपमा काम गर्ने वातावरणबनाउनुको सट्टा सरकारले फेरि पनि हामीलाई गाजा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। युद्धविरामको अवस्थामा समेत यस्तो हुनु खेदजनक छ ।'
यता, इजरायली सरकारले भने आफ्नोप्रतिरक्षा संयन्त्रको सुझावका आधारमा यस्तो निर्णय लिएको दाबी गरेको छ ।पत्रकारहरूलाई प्रवेश दिँदा बाँकी रहेका इजरायली बन्धकहरूको अवशेष खोज्ने कार्यमाबाधा पुग्न सक्ने सरकारको तर्क छ ।
