अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तिमा ४० को मृत्यु

मदुरो पक्राउ परेपछि भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति नियुक्त गरेको छ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

At least 40 killed in US attack in Venezuela

एजेन्सी — अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

 भेनेजुएलाका एक शीर्ष अधिकारीले न्युयोर्क टाइम्स लाई यस्तो जानकारी दिएका हुन् । 

उक्त आक्रमणमा अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको जनाइएको छ। यद्यपि केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको सीबीएस न्युज ले जनाएको छ।

आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई शनिबार दिउँसो न्युयोर्क ल्याइएको अमेरिकी पक्षले जानकारी दिएको छ।

मदुरो पक्राउ परेपछि भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति नियुक्त गरेको छ।

राष्ट्रपतिको अनुपस्थितिमा सरकार सञ्चालन गर्ने अधिकार उनलाई प्रदान गरिएको अदालतको फैसलामा उल्लेख छ।

यसैबीच, शनिबार फ्लोरिडाको मियामीस्थित आफ्नै रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिका स्वयंले सञ्चालन गर्ने दाबी गरेका छन्। तर भेनेजुएलाका अधिकारीहरूले अमेरिकासँग आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याउँदै आएका छन्।

कान्तिपुर

Link copied successfully