ब्राजीलमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

स्थानीय प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ११ बजेतिर संघीय राजगमार्ग बीआर ३८६ को काराजिन्हो क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

11 killed in bus-truck collision in Brazil

काठमाडौँ — दक्षिण ब्राजीलको रियो ग्रान्डे दो सुल राज्यमा एक बस र ट्रक आपसमा ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका छन् । 

स्थानीय प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ११ बजेतिर संघीय राजगमार्ग बीआर ३८६ को काराजिन्हो क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

बस स्थानीय स्वास्थ्य विभागको रहेको बताइएको छ । बिरामीलाई उपचारका लागि लैजाँदै गर्दा ट्रकसँग ठोक्किएको थियो । 

ट्रकमा लोड गरिएको बालुवा बसभित्र फैलिएपछि उद्धारका लागि समस्या भएको प्रहरीले जनाएको छ ।

गम्भीर रहेका घाइतेहरुलाई नजिकका स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । दुर्घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully