पोर्चुगलमा ५ वर्षभित्र ३ करोड २० लाखभन्दा बढीलाई कोभिड खोप

खोपको प्रयोगले पहिलो दुई वर्षमै करिब १२ हजार जनाको ज्यान जोगिएको औषधि तथा स्वास्थ्य उत्पादनसम्बन्धी राष्ट्रिय निकायको दाबी

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Portugal to vaccinate over 32 million people against COVID within 5 years

रासस — पोर्चुगलमा कोभिड–१९ खोप अभियान सुरु भएको पाँच वर्षको अवधिमा तीन करोड २० लाखभन्दा धेरै डोज खोप लगाइएको छ । 

शनिबार सार्वजनिक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले यो जानकारी दिएको हो ।

पोर्चुगिज सार्वजनिक स्वास्थ्य समाजका अध्यक्ष तथा पूर्व स्वास्थ्य महानिर्देशक फ्रान्सिस्को जोर्जले यस उपलब्धिलाई ‘अत्यन्त सकारात्मक’ भन्दै खोप अभियानलाई निरन्तरता दिनु ‘आधारभूत आवश्यकता’ भएको बताए । 

पोर्चुगलको औषधि तथा स्वास्थ्य उत्पादनसम्बन्धी राष्ट्रिय निकायले सेप्टेम्बर २०२३ मा प्रस्तुत गरेको तथ्याङ्क विश्लेषणमा खोपको प्रयोगले पहिलो दुई वर्षमै करिब १२ हजार जनाको ज्यान जोगिएको उल्लेख  छ ।

यसैबीच, पोर्चुगलले यस साता मौसमी रुघाखोकी र कोभिड–१९ विरुद्धको संयुक्त खोप अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत २५ लाख जनालाई मौसमी रुघाखोकी र १५ लाख जनालाई कोभिड–१९ विरुद्ध खोप लगाउने लक्ष्य राखिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully