युक्रेनको राजधानीमा रुसको हवाई आक्रमण

किभका मेयर भिटाली क्लिट्स्कोले झन्डै १० घण्टासम्म आक्रमण चलेको बताए । उनले राजधानी शहरमा युद्धका कारण महत्वपूर्ण पूर्वाधार ध्वस्त हुँदा जनजीवन प्रभावित भएको बताए ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Russian airstrikes on Ukraine's capital

एजेन्सी — रुसले युक्रेनको राजधानी शहर किभमा  गरेको हवाई आक्रमणमा कम्तिमा एकजनाको मृत्यु भएको छ । त्यस्तै, कम्तीमा २८ जना घाइते भएका छन् ।

किभका मेयर भिटाली क्लिट्स्कोले  झन्डै १० घण्टासम्म आक्रमण चलेको बताए । उनले राजधानी शहरमा युद्धका कारण महत्वपूर्ण पूर्वाधार ध्वस्त हुँदा जनजीवन प्रभावित भएको बताए । 

रुसी ड्रोन र मिसाइल आक्रमण भइरहदाँ मानिसहरुले मेट्रो स्टेशनमा शरण लिएर ज्यान जोगाएका थिए । रुसले देशभर शुक्रबार राति झन्डै ५ सय ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको राष्ट्रपति जेनेन्स्कीले बताए ।

उनले उर्जा केन्द्र र सर्वसाधारणलाई रुसले निशाना बनाएको बताए ।

‘रूसी अधिकारीहरू लडाईं अन्त्य गर्न वार्तामा संलग्न भइरहेका बेला चलेको हिंसाले आफैं बोल्छ,’ उनले भने, ‘यो पुटिन र उनको भित्री घेराको मनोवृत्ति हो ।’

झन्डै चार वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार फ्लोरिडायमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने तयारीमा छन् ।

कान्तिपुर

Link copied successfully