मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकमाथि १५ वर्ष जेल सजाय

वान एमडिबी काण्डसँग सम्बन्धित नाजिबको यो दोस्रो सजाय हो । यस अघि सन् २०२० मा कोषबाट करिब एक करोड अमेरिकी डलरको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरी उनीविरुद्ध १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Former Malaysian Prime Minister Najib Razak sentenced to 15 years in prison

एजेन्सी — मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई सम्पत्ति शुद्धिकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । शुक्रबार क्वालालम्पुर उच्च अदालतले फैसला सुनाएको हो ।

७२ वर्षीय नाजिब शक्ति दुरुपयोगको चार वटा तथा सम्पत्ति शुद्धिकरणको २१ वटा  अभियोगमा दोषी ठहर भएका हुन् । अभियोजकहरूले नाजिबमाथि एक दशकभन्दा बढी समयअघि प्रधानमन्त्री, अर्थमन्त्री र वान एमडीबी सल्लाहकार बोर्डको अध्यक्ष छँदा पदीय दुरुपयोग गरेर २.२ अर्ब मलेशियन रिंगिट (५४३ मिलियन डलर) अवैध रुपमा आफ्नो व्यक्तिगत खातामा सारेको आरोप लगाएका थिए । 

नाजिबले यी आरोप राजनीतिक स्वार्थबाट प्रेरित रहेको आरोप लगाएका थिए । जसलाई न्यायाधिस न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले अस्विकार गरे । 

वान एमडिबी काण्डसँग सम्बन्धित नाजिबको यो दोस्रो सजाय हो । यस अघि सन् २०२० मा कोषबाट करिब एक करोड अमेरिकी डलरको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरी उनीविरुद्ध १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

यसपछि सजाय घटाएर छ वर्षमा झारिएको थियो । गत वर्ष नाजिबले १–एमडिबी विवादमा आफ्नो भूमिकाका लागि मलेसियालीहरूसँग माफी समेत मागेका थिए ।  

कान्तिपुर

Link copied successfully