इप्स्टेनसँग जोडिएका थप १० लाखभन्दा धेरै सम्भावित कागजात फेला

किस्ता–किस्ता गरेर फाइलहरु सार्वजनिक गरेकाले न्याय विभागको आलोचना पनि भइरहेको छ । कतिपयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जोगाउनका लागि डिओजेले यस्तो गरेको आरोप लगाएका छन् ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

More than 1 million more potential documents linked to Epstein found

What you should know

एजेन्सी — बाल यौन दुव्यर्हारका आरोपित इप्स्टेनसँग सम्बन्धित १० लाखभन्दा धेरै संभावित फाइल फेला परेको र त्यसलाई समिक्षा गरेर सार्वजनिक गर्न केही साता लाग्नसक्ने न्याय विभाग (डिओजे) ले जनाएको छ । 

‘हामी सकेसम्म चाँडो कागजातहरू जारी गर्नेछौं,’ विभागले बुधबार भनेको छ । अहिले यस फाइल सार्वजनिक गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियाका विषयमा वकिलहरुसँग छलफल चलिरहेको डिओजेले जनाएको छ । 

यसअघि इप्स्टेनसँग सम्बन्धित सबै फाइलहरु सार्वजनिक गर्ने समयसीमा १९ डिसेम्बर तोकिएको थियो, तर उक्त समयसीमाभित्र सबै फाइलहरु सार्वजनिक हुन सकेका छैनन् ।

किस्ता–किस्ता गरेर फाइलहरु सार्वजनिक गरेकाले न्याय विभागको आलोचना पनि भइरहेको छ । कतिपयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जोगाउनका लागि डिओजेले यस्तो गरेको आरोप लगाएका छन् ।

तर, फाइलहरुको समिक्षा र पीडितलाई कानुनी सुरक्षा दिने विषय दुबैलाई ध्यानमा राखेर काम गरिएको विभागले जनाएको छ । 

को हुन् इप्स्टेन ?

न्युयोर्कको एक मध्यमवर्गीय, यहुदी परिवारमा जन्मिएका जेफ्री एडवार्ड इप्स्टेनले अर्बपतिलाई मात्रै सेवा दिने फर्म खोलेका थिए ।

उनी अर्बपतिहरूका वित्तीय सल्लाहकार पनि थिए । उनले क्यारेबियन क्षेत्रमा एउटा टापु नै किनेर ‘लिटल सेन्ट जेम्स’ रिसोर्ट खोलेका थिए । उनले ‘लोलिता एक्सप्रेस’नामक निजी जेटमा राखेर अर्बपति, उच्च पदस्थ व्यक्ति र राजनीतिज्ञहरुलाइ त्यहाँ लैजान्थे ।

यस व्यवसायमा बेलायती मिडिया उद्यमी रोबर्ट म्याक्सवेलकी छोरी गिस्लेन म्याक्सवेल उनकी साझेदार थिइन् । योजनाबद्ध ढंगले बालिकाहरूलाई  फकाएर रिसोर्टमा लग्ने र मसाजको नाममा उनीहरूको यौन शोषण गर्ने गरेको आरोप इप्स्टेनमा लाग्ने भएको छ । उनको रिसोर्टमा जाने  उच्च पदस्थ, धनाढ्य र राजनीतिज्ञहरु समावेश सरकारी अनुसन्धानको फाइल नै इप्स्टेन फाइल हो ।

यो फाइलमा इप्स्टेनसँग सम्बन्धित कानुनी कागजात, हवाइ उडान रेकर्ड, भेटघाटका नोट र शिलबन्दी गरिएका अभिलेखहरु रहेका छन् । इप्स्टेनको सन् २०१९ मा जेलमै शंकास्पद मृत्यु भएको थियो ।

जेल प्रशासनले यसलाई आत्महत्या भनेको छ । उनको मृत्युपछि ‘इप्स्टेन फाइल’ प्रति मानिसहरुको चासो अझै बढेको गएको थियो । 

अहिलेसम्म के–के भेटियो ?

‘इप्स्टेन फाइल’ खोल्नका लागि चर्को दबाब परिरहँदा पनि ट्रम्प प्रशासनले महिनौंसम्म यसलाई गोप्य राख्ने प्रयास गरेको थियो । 

१८ नोभेम्बरमा अमेरिकाको तल्लो सदन (हाउस) र १९ नोभेम्बरमा माथिल्लो सदन सिनेटबाट फाइल सार्वजनिक गर्ने प्रस्ताव पारित भएपछि  राष्ट्रपति ट्रम्पले निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसयता चरण–चरणमा यी फाइलहरू सार्वजनिक भइरहेका छन् । 

यी फाइलहरुसँगै विभिन्न तथा झुठ पनि बाहिरिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिल्यै इप्स्टेनको निजी जेट वा रिसोर्टमा नगएको दाबी गरेका थिए ।

तर, सार्वजनिक नयाँ फाइलले ८ पटक इप्स्टेनको जेटमा ट्रम्प सवार भएको खुलासा गरेको छ । एकपटक ट्रम्प, इप्स्टेन र २० वर्षकी एक महिलाले एउटै निजी जेटमा यात्रा गरेको विवरण पनि नयाँ फाइनलमा समावेश छ । ती महिलाको नाम भने यसमा लुकाइएको छ । 

सार्वजनिक फाइलहरूमा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, बेलायती राजकुमार एन्ड्रयु माउन्टब्याटन–विन्डसर, मिक जगर र माइकल ज्याक्सनजस्ता प्रसिद्ध व्यक्तिहरूको नाम वा तस्बिर देखिएको छ ।

क्लिन्टनले यसअघि नै इप्स्टेनसँगको सम्बन्धका लागि आफूलाई पछुतो लागेको व्यक्त गरेका थिए । उनले इप्स्टेनका अपराधहरूबारे त्यसबेला थाहा नभएको दाबी गरेका छन् । बेलायतका अधिराजकुमार एन्ड्रयुले इप्स्टेनसँगको आफ्नो सम्बन्धलाई लिएर विवाद भएपछि दरबार छाड्ने निर्णय गरिसकेका छन् ।

तर धेरैजसो सेलिब्रेटीहरुले इप्स्टेनसँग मिलेर कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।  

को हुन् इप्स्टेन ?

न्युयोर्कको एक मध्यमवर्गीय, यहुदी परिवारमा जन्मिएका जेफ्री एडवार्ड इप्स्टेनले अर्बपतिलाई मात्रै सेवा दिने फर्म खोलेका थिए । उनी अर्बपतिहरूका वित्तीय सल्लाहकार पनि थिए ।

उनले क्यारेबियन क्षेत्रमा एउटा टापु नै किनेर ‘लिटल सेन्ट जेम्स’ रिसोर्ट खोलेका थिए । उनले ‘लोलिता एक्सप्रेस’नामक निजी जेटमा राखेर अर्बपति, उच्च पदस्थ व्यक्ति र राजनीतिज्ञहरुलाइ त्यहाँ लैजान्थे ।

यस व्यवसायमा बेलायती मिडिया उद्यमी रोबर्ट म्याक्सवेलकी छोरी गिस्लेन म्याक्सवेल उनकी साझेदार थिइन् । योजनाबद्ध ढंगले बालिकाहरूलाई  फकाएर रिसोर्टमा लग्ने र मसाजको नाममा उनीहरूको यौन शोषण गर्ने गरेको आरोप इप्स्टेनमा लाग्ने भएको छ ।

उनको रिसोर्टमा जाने  उच्च पदस्थ, धनाढ्य र राजनीतिज्ञहरु समावेश सरकारी अनुसन्धानको फाइल नै इप्स्टेन फाइल हो । यो फाइलमा इप्स्टेनसँग सम्बन्धित कानुनी कागजात, हवाइ उडान रेकर्ड, भेटघाटका नोट र शिलबन्दी गरिएका अभिलेखहरु रहेका छन् ।

इप्स्टेनको सन् २०१९ मा जेलमै शंकास्पद मृत्यु भएको थियो । जेल प्रशासनले यसलाई आत्महत्या भनेको छ । उनको मृत्युपछि ‘इप्स्टेन फाइल’ प्रति मानिसहरुको चासो अझै बढेको गएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully