विमान दुर्घटनामा लिबियाका सेनाप्रमुखको निधन

टर्कीका गृहमन्त्री अली यर्लिकायाले टेक अफ लिएको ४२ मिनेटपछि विमानको सिग्नल गायब भएको जानकारी दिएका छन् ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Libyan army chief dies in plane crash

काठमाडौँ — लिबियाका सेनाप्रमुख जनरल मोहम्मद अली अहमद अल हद्दादको विमान दुर्घटनामा निधन भएको छ ।

टर्कीको राजधानी अंकाराबाट मंगलबार साँझ उडेको फाल्कोन ५० विमान दुर्घटनामा पर्दा सेनाप्रमुख अलीसहित पाँचजनाको मृत्यु भएको हो । 

टर्कीका गृहमन्त्री अली यर्लिकायाले टेक अफ लिएको ४२ मिनेटपछि विमानको सिग्नल गायब भएको बताएका छन् । सम्पर्क विच्छेद हुनअघि यस विमानले आपतकालीन अवतरणको अनुमति मागेको थियो । त्यसपछि अंकाराको दक्षिण–पश्चिममा विमानका टुक्राहरु फेला प¥यो । यस विषयमा अझै अनुसन्धान चलिरहेको छ । 

लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दवेइबाहले दुर्घटनाले देशमा ठूलो क्षति निम्त्याएको बताए । ‘इमानदारीपूर्वक र समर्पणका साथ देश सेवा गर्नेहरुलाई लिबियाले गुमाएको छ । यो अपूरणीय क्षति हो,’ उनले भने । 

 दुई देशबीचको सैन्य सहकार्यलाई सुदृढ गर्ने विषयमा वार्ता गर्नका लागि जनरल अलि टर्की गएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully