प्यालेस्टाइन एक्सनको समर्थनमा उत्रदाँ ग्रेटा थनवर्ग पक्राउ

प्यालेस्टाइनमा इजरायलले गरेको ज्यादती अन्त्यका लागि बेलायतसहितका देशले हस्तक्षेप गर्नुपर्ने माग राखेर प्यालेस्टाइन एक्सन एक महिनादेखि भोक हड्तालमा छ ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Greta Thunberg arrested while demonstrating in support of Palestine action

What you should know

एजेन्सी — भोक हड्तालमा रहेका प्यालेस्टिनी कैदीबन्दीहरूको समर्थनमा प्रदर्शन गरेकी ग्रेटा थनवर्ग लण्डनबाट पक्राउ परेकी छिन् ।

२२ वर्षीया थनवर्गलाई फेन्चर्च स्ट्रिटमा प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । 

प्रतिबन्धित समुह प्यालेस्टाइन एक्सनसँग जोडिएका कैदीबन्दीको पक्षमा उत्रिएकाले आतंकवाद ऐन २००० को सेक्शन १३ बमोजिम थनवर्गलाई पक्राउ गरिएको र धरौटीमा छाडिएको बेलायतको प्रहरीले जनाएको छ ।

प्रिजनर्स फर प्यालेस्टिनी प्रोटेस्ट ग्रुपले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा प्लेकार्डसहित थनवर्ग प्रदर्शनमा सहभागी भएको देखिन्छ ।

‘म प्यालेस्टाइन एक्सन बन्दीहरुलाई समर्थन गर्छु । जातीय नहसंहारको विपक्षमा छु,’ उनले बोकेको प्लेकार्डमा लेखिएको छ । 

प्यालेस्टाइनमा इजरायलले गरेको ज्यादती अन्त्यका लागि बेलायतसहितका देशले हस्तक्षेप गर्नुपर्ने माग राखेर प्यालेस्टाइन एक्सनसँग जोडिएका कैदीबन्दी लामो समयदेखि भोक हड्तालमा छन् ।

उनीहरुले पाँचवटा मुद्दा अघि सारेका छन् ।

तत्कालै घरौटी, निष्पक्ष सुनुवाईको मौका, सञ्चारमाथिको प्रतिबन्ध अन्त्य, प्यालेस्टाइन एक्सनलाई आतंककारी समुहको सुचीबाट हटाउनुपर्ने र इजरायलमा रहेका हतियार उत्पादक र धेरै बेलायी कम्पनीबीच कायम इल्बिट प्रणालीको अन्त्य । 

को हुन् थनवर्ग ? 

स्विडिस नागरिक थनवर्ग बाल्यवस्थादेखि नै सामाजिक अधिकार र वैश्विक न्यायको पैरवी गर्ने अभियन्ता हुन् ।

सन् २०१८ मा १५ वर्षको उमेरमा स्विडिस संसद्बाहिर एक्लै धर्ना दिएपछि उनी चर्चामा आएकी थिइन् ।

त्यसयता,  बालबालिकाको शिक्षाको अधिकार, वैश्विक न्याय, जलवायु परिवर्तन तथा सामाजिक मुद्दाहरुमा उनले विभिन्न समय प्रदर्शन गर्ने गरेकी छिन् ।

उनले युक्रेन र प्यालेस्टाइनमा भइरहेका ज्यादतीविरूद्ध लगातार आवाज उठाइरहेकी छिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully