अमेरिकाले कब्जा गर्‍यो भेनेजुएलाबाट आएको दोस्रो जहाज 

अवैध तेल बिक्रीमार्फत लागुओैषधमा भइरहेको आर्थिक सहयोग न्यूनीकरण गर्ने अमेरिकाले यस्तो कदम चालेको नोएमले बताइन् ।

पुस ६, २०८२

एजेन्सी

US seizes second ship from Venezuela

काठमाडौँ — अमेरिकाले भेनेजुएलाबाट आएको तेल ट्यांकर जहाजलाई  नियन्त्रणमा लिएको छ । यस महिना भेनेजुएलाबाट आएको जहाज अमेरिकाले नियन्त्रणमा लिएको दोस्रो घटना हो ।

केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि नाकाबन्दी घोषणा गर्दै त्यहाँ जाने र त्यहाँ हुँदै आउने जहाजमाथि कारबाही गरिने बताएका थिए ।

जफत गरिएको जहाजमा पानामाको झन्डा फहराएको छ । भेनेजुएलाले यस घटनालाई ‘चोरी र अपहरण’ भनेको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अमेरिकी तट रक्षकसहित सुरक्षा बलहरु समुद्री क्षेत्रमा तैनाथ रहेको जानकारी दिएकी छन् ।

उक्त जहाजलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमै विशेष रणनीतिक टोलीले नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीमा प्रकाशित समाचारमा उल्लेख छ ।

अवैध तेल बिक्रीमार्फत लागुओैषधमा भइरहेको आर्थिक सहयोग न्यूनीकरण गर्ने अमेरिकाले यस्तो कदम चालेको नोएमले बताइन् ।

भेनेजुएलाले घटनाको कडा निन्दा गरेको छ । यसविरूद्ध संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्य अन्तर्राष्ट्रिय निकायमा उजुरी दर्ता गर्ने उसले जनाएको छ ।

एजेन्सी

Link copied successfully