गुप्तचर निकायको समिक्षा गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीको घोषणा

डिसेम्बर १४ मा भएको आक्रमणलाई अस्ट्रेलियाको प्रहरीले 'इस्लामिक स्टेट विचारधाराबाट प्रेरित' व्याख्या गरेको छ । बाबु-छोराले मिलेर उक्त दिन गोली चलाउँदा १५ सर्वसाधारणसहित १६ जनाको मृत्य भएको थियो ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Australian Prime Minister announces review of intelligence agencies

एजेन्सी — अस्ट्रेलियाले आफ्नो प्रहरी तथा राष्ट्रिय गुप्तचर निकायको समिक्षा गर्ने घोषणा गरेको छ । बोन्डाई तटमा भएको आक्रमणको एक सातापछि प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस्तो घोषणा गरेका हुन् ।

डिसेम्बर १४ मा भएको आक्रमणलाई अस्ट्रेलियाको प्रहरीले 'इस्लामिक स्टेट विचारधाराबाट प्रेरित' व्याख्या गरेको छ । बाबु-छोराले मिलेर उक्त दिन गोली चलाउँदा १५ सर्वसाधारणसहित १६ जनाको मृत्य भएको थियो ।

आक्रमणकारीमध्ये बाबु साजिद अकरमको घटनास्थलमै प्रहरी कारबाहीमा मृत्यु भयो । छोरा नाविद अकरमको अहिले उपचार चलिरहेको छ । प्रहरीले उनीविरुद्ध ५९ वटा मुद्दा  दायर गरेको छ । 

'गत आइतबार आईएसआईएसबाट प्रेरित अत्याचारले हाम्रो देशमा सुरक्षा वातावरण तीव्र परिवर्तन भइरहेको पुन: पुष्टि गरेको छ,' प्रधानमन्त्री  अल्बानिजले भने,  ' हाम्रा सुरक्षा एजेन्सीहरू  कुनै पनि अतिवादको प्रतिक्रिया दिनका लागि बलियो अवस्थामा रहनुपर्छ ।' 

उनले थपे, 'प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अष्ट्रेलियालीहरूलाई सुरक्षित राख्नका लागि संघीय कानुन प्रवर्तन र गुप्तचर एजेन्सीहरूको अवस्था सही जाँच गर्नेछ।'

घटनापछि सरकारले हतियार कानुनलाई कडा बनाउने योजना अघि सारिसकेको छ । 

कान्तिपुर

Link copied successfully