भारतको असममा रेलको ठक्करबाट सात वटा हात्ती मरे

मिजोरम राज्यबाट नयाँ दिल्लीतर्फ गइरहेको रेलको दुर्घटनामा पर्दा सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको हो ।

पुस ५, २०८२

एएफपी

Seven elephants killed after being hit by train in Assam, India

नयाँदिल्ली — उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

भारतमा लगभग २२ हजार जंगली हात्तीमध्ये चार हजारभन्दा बढी रहेको असम राज्यको होजई जिल्लामा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ ।

वरिष्ठ असम पुलिस अधिकारी राकेश रेड्डीलाई उदृत गर्दै एएफपीले सात वटा हात्तीहरुको घटनास्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ । 

मिजोरम राज्यबाट नयाँ दिल्लीतर्फ गइरहेको उक्त रेलको पाँचवटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ । 

अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणली लागू गरेको भए पनि पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए ।

रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाए तापनि हात्तीहरु रेलमा आएर ठोक्किँदा दुर्घटना भएको उनले बताएका छन् ।  

वन विनाश र तिनीहरूको बासस्थान नजिकको निर्माण गतिविधिले हात्तीहरूलाई खानाका लागि टाढा– टाढा जान बाध्य पारी मानिसहरूसँगको द्वन्द्वमा आएको जनाइएको छ । 

संसदीय तथ्यांक अनुसार सन् २०२३– २०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो ।

एएफपी

Link copied successfully