बंगलादेशमा युवकको हत्या, मरिसकेपछि पनि छाडेन उत्तेजित भीडले*

उक्त भीड हत्यासम्म मात्र रोकिएन । हत्यापछि दीपूको शवलाई रुखमा बाँधेर आगो लगाइदिएका छन् ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Young man murdered in Bangladesh, agitated mob does not leave even after death*

What you should know

काठमाडौँ — बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा धार्मिक अपमानको आरोपमा भीडले एक युवकको हत्या गरेका छन् । घटना बिहीबार राति भालुकाको दुबालिया पाडा क्षेत्रमा भएको हो । 

भालुका प्रहरी स्टेशनका ड्यूटि अफिशर रिपन मियाका अनुसार दीपु चन्द्र दास नामका ती युवकलाई भीडले सामूहिक रुपमा कुटपिट गरी हत्या गरेको हो । 

तर उक्त भीड हत्यासम्म मात्र रोकिएन । हत्यापछि दीपूको शवलाई रुखमा बाँधेर आगो लगाइदिएका छन् । प्रहरीका अनुसार ती युवक कपडा कारखानामा काम गर्दै आएका थिए । 

मियाले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘बिहीबार राति करिब ९ बजे उत्तेजति भीडले  नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरे । फेरि उक्त शवलाई रुखमा बाँधेर आगो लगाइदिए ।’

बंगलादेश सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले मैमनसिंहमा भएको उक्त बर्बर हत्याको निन्दा गरेका छन् । उनले नयाँ बंगलादेशमा यस्ता प्रकारका हिंसाको स्थान नभएको भन्दै दोषीविरुद्ध कडा कारबाही गरिने बताएका छन् । 

बंगलादेशमा हसिना शेखको पतनपछि योजनाबद्ध तरिकाले अल्पसंख्यकहरु विरुद्ध आक्रमण हुँदै आएको छ । युनुस सरकारले यस्ता कट्टरपन्थीहरुलाई नियन्त्रण गर्न सकिरहेको छैन । 

युवा नेता शरीफ उस्मान हादीको हत्यापछि बंगलादेशमा हिंसात्मक प्रदर्शन चलिरहेको छ । हादी शेख हसिनालाई सत्ताच्यूत गराउने आन्दोलनको नेतृत्वकर्तामध्ये एक हुन् । 

हादीको मृत्यु बुधबार सिंगापुरमा उपचारका क्रममा भएको हो । ढाकामा एक अज्ञात व्यक्तिले गोली हानेका थिए । त्यसपछि हादीलाई उपचारका लागि सिंगापुर लगिएको थियो । 

*सम्पादित  र अपडेट गरिएको । 

कान्तिपुर

Link copied successfully