हैजा र डेंगु महामारीले पहिल्यै भरिएका अस्पतालहरुमा गत शुक्रबारदेखि युद्धले घाइते भएका मानिसहरुको भीड लागेको छ ।
एजेन्सी — सुडानको कोर्डोफान क्षेत्रमा भएको ड्रोन हमलामा परेर कम्तिमा १ सय ४ जना सर्वसाधारणको ज्यान गएको छ ।
यहाँ सैन्य गुटहरुबीच तीन वर्षदेखि जारी युद्ध पछिल्ला दिनमा निकै भयानक अवस्थामा पुगेको छ ।
डिसेम्बरको सुरुवातदेखि नै राजधानी आसपासको क्षेत्रमा आक्रमण बढेको छ । दशौं हजार मानिस यस युद्धका कारण बिस्थापित भइसकेका छन् । हैजा र डेंगु महामारीले पहिल्यै भरिएका अस्पतालहरुमा गत शुक्रबारदेखि युद्धले घाइते भएका मानिसहरुको भीड लागेको छ ।
सबैभन्दा भयानक आक्रमण कालोगीस्थित एक किन्डरगार्टेन र अस्पतालमा भएको छ । जहाँ ८९ व्यक्तिले ज्यान गुमाए । त्यसमा ४३ जना बालबालिका र ८ महिला छन् ।
संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख भोल्कर तुर्कले स्वास्थ्य संस्थाहरुमा हमला नगर्न युद्धरतः पक्षलाई दिएका छन् । अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन हुने कुनै पनि काम नगर्न उनले सतर्क गराएका छन् ।
१३ डिसेम्बरमा काडुग्लीस्थित संयुक्त राष्ट्रसंघ शान्ति सेनाको आधार क्षेत्रमा ड्रोन हमला हुँदा ६ जना बंगलादेशी शान्ति सेनाको मृत्यु भएको थियो ।
