लस्कर ए तोयबा र टिआरएफमाथि पहलगाम हमलाको अभियोग

गत अप्रिलमा आक्रमण लगत्तै टिआरएफले घटनाको जिम्मा लिएको थियो , तर केही समयपछि आफ्नो संलग्नता अस्विकार गर्‍यो ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Lashkar-e-Taiba and TRF accused of Pahalgam attack

एजेन्सी — भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले गत अप्रिलमा काश्मिरको पहलगाममा २६ पर्यटकको ज्यान जानेगरी भएको आक्रमणमा संलग्‍नविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

सोमबार जम्मुस्थित विशेष अदालतमा दायर गरिएको १,५९७ पृष्ठको अभियोग पत्रमा पाकिस्तानका दुई सैन्य समुह र ६ व्यक्तिमाथि घटनाको दोष लगाइएको छ ।

पाकिस्तानमा रहेर आफ्ना गतिविधि सञ्‍चालन गर्दै भएको लश्कर ए तोयबा (एलईटी) र द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ) ले यस घटनाको योजना बनाएको एनआइएको आरोप छ ।

लश्कर ए तोयबालाई संयुक्त राष्ट्रसंघले आतंकवादी संस्थाको सुचीमा राखेको छ । यस घटनामा पाकिस्तानले कुनै टिप्पणी गरेको छैन ।

गत अप्रिलमा आक्रमण लगत्तै टिआरएफले घटनाको जिम्मा लिएको थियो , तर केही समयपछि आफ्नो संलग्नता अस्विकार गर्‍यो ।

अभियोग पत्र दायर भएका ६ जनामध्ये तीनजनालाई भारतीय सुरक्षा बलले आक्रमणपछिको केही दिनभित्रै कारबाहीका क्रममा मारेको थियो । 

अन्य दुई व्यक्ति भारतमा प्रहरी हिरासतमै छन् । यी दुई व्यक्तिले सोधपुछका क्रममा आफु पाकिस्तानी रहेको बयान दिएको प्रहरीले बताएको छ । अर्का अभियुक्त साजिद जट्टलाई भने पाकस्तान सरकारले संरक्षण गरिररहेको भारतको दाबी छ ।

कान्तिपुर

Link copied successfully