अस्ट्रेलियामा बन्दूक सम्बन्धी कानुन कडा बनाइने 

प्रहरीले ५० वर्षका बाबु र २४ वर्षका छोराले मिलेर गोली चलाएको जानकारी दिएपनि उनीहरुको नाम सार्वजनिक गरेको छैन । बाबुले २०१५ देखि नै ६ वटा बन्दूक राखेको प्रहरीले बताएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Gun laws to be tightened in Australia

एजेन्सी — बोन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । 

उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव चलिरहदाँ बाबु–छोराले सर्वसाधारणमाथि गोली चलाए ।

जसमा १५ जनाको मृत्यु भएको थियो । प्रहरीले यस घटनालगत्ते गोली चलाउँदा बाबुको पनि मृत्यु भयो । छोरा गम्भीर घाइते छन् । 

प्रहरीले ५० वर्षका बाबु र २४ वर्षका छोराले मिलेर गोली चलाएको जानकारी दिएपनि उनीहरुको नाम सार्वजनिक गरेको छैन । बाबुले २०१५ देखि नै ६ वटा बन्दूक राखेको प्रहरीले बताएको छ । 

गृहमन्त्री टोनी बुर्केले सन् १९९८ मा विद्यार्थी भिसा ती बाबु अस्ट्रेलिया आएको बताए । उनका छोरा अस्ट्रेलियामै जन्मेका नागरिक हुन् । प्रहरीले हतियार र हतियारधारीबारे यसभन्दा धेरै जानकारी सार्वजनिक गरेको छैन ।

अहिल्यै कडा छ कानुन 

अस्ट्रेलियामा हतियार सम्बन्धी कानुन अहिल्यै कडा रहेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

३० वर्षअघि टास्मानियास्थित पर्यटकिय क्षेत्र पोर्ट आर्थरमा एक हतियारधारीले गोली चलाउँदा ३५ जनाको मृत्यु भएपछि कानुन कडा बनाइएको थियो । 

सम्बन्धित समाचार :

बोन्डी बीचमा आक्रमण: मृतकको संख्या १५ पुग्यो, आक्रमणकारी बाबु–छोरा

कान्तिपुर

Link copied successfully