थाई सेनाले हवाई आक्रमण विस्तार गर्दा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

मंसिर २९, २०८२

सिन्ह्वा

12 civilians killed as Thai army expands airstrikes: Cambodia

नोम पेन(कम्बोडिया) — थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा प्रभाव पर्नुका साथै १२ जना नागरिकको मृत्यु भएको कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

थाई सैन्य बलले उत्तरपश्चिम कम्बोडियाको सिम रिप प्रान्तको विभिन्न स्थानमा आफ्नो हवाई आक्रमण विस्तार गरेको मन्त्रालयले एक प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।  

थाइल्यान्डसँगको सीमा द्वन्द्व चर्किदै जाँदा मृत्यु हुने कम्बोडियन नागरिकहरूको संख्या बढेको र ७४ जना घाइते भएको कम्बोडियाको आन्तरिक मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबार पत्रकारसँगको साक्षातकारमा बताए ।  

यसैबीच, कम्बोडियामा विस्थापित व्यक्तिहरूको संख्या चार लाख तीन हजार नाघेको जनाइएको छ । 

कम्बोडियाको रक्षा मन्त्रालयको राज्य उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले आइतबार देखि सोमबारसम्म थाई सैन्य बलले कम्बोडियाको क्षेत्रमा धेरै स्थानहरूमा तोपको गोलाबारी जारी राखेको बताए ।  

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

सिन्ह्वा

Link copied successfully