ड्रोन आक्रमणमा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायली सेनाको दाबी

हमासका अनुसार इजरायली ड्रोनले गाजा शहरको नबुलसी जंक्शन नजिक एक नागरिक सवार गाडीलाई निशाना बनाएको र उक्त आक्रमणमा ५ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्।

मंसिर २८, २०८२

एजेन्सी

Israeli military claims senior Hamas commander killed in drone strike

What you should know

काठमाडौँ — इजरायलले गाजामा हमासका वरिष्ठ कमान्डर मारेको दाबी गरेको छ । दक्षिणी गाजामा भएको आक्रमणमा हमासका वरिष्ठ कमान्डर रायद सईद मारिएको इजरायलको दाबी छ । यद्यपि हमासले अहिलेसम्म यसबारे पुष्टि गरेको छैन ।

हमासका अनुसार इजरायली ड्रोनले गाजा शहरको नबुलसी जंक्शन नजिक एक नागरिक सवार गाडीलाई निशाना बनाएको र उक्त आक्रमणमा ५ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । हमासले युद्धविराम सम्झौताको इजरायलद्वारा लगातार उल्लंघन भइरहेको आरोप लगाएको छ । 

इजरायली फोर्स (आईडीएफ) का अनुसार सईद गाजा शहरमा भएको गोप्य जानकारी प्राप्त भएको थियो । इजरायलले यसै मौकाको फाइदा उठाएर सईदलाई यथास्थानमै मार्न सकेको सेनाले बताएको छ ।

इजरायली सेनाविरुद्ध आक्रमण भएपछि जवाफी कारबाही गरेको इजरायली सेनाको भनाइ छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सईदलाई मार्ने आदेश दिएका थिए । 

इजरायल र हमासबीच अक्टुबर २०२५ मा युद्धबिराम भएको थियो । इजरायलले युद्धबिरामपछि पनि लगातार आक्रमण गर्दै आएको हमासको आरोप छ । हमासका अनुसार युद्धबिरामको सम्झौतापछि पनि अहिलेसम्म इजरायलले गाजामा ८ सय भन्दा बढीपटक आक्रम गरेको छ । जसमा ३८० भन्दा धेरै मारिएका छन् । 

को हुन् सईद?

समाचार एजेन्सी एएफपीका अनुसार राएद सईद अल कासम ब्रिगेडका वरिष्ठ कमान्डरमध्ये एक हुन् । उनी अक्टुबर २०२३ मा इजरायलमा भएको आक्रमणको योजनाकारमध्ये एक हुन् ।

यसबाहेक हमासलाई हतियार पुर्‍याउने नेटवर्कमा पनि महत्त्वपूर्ण भूमिका निभाउँदै बएका थिए । हमासको गाजा बटालियनलाई नेतृत्व गर्दै आएका सईद युद्धविरामको फाइदा उठाउँदै हमासलाई फेरि बलियो बनाउने योजनामा सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

इजरायलका अनुसार सईद हमासका लागि हतियार उत्पादन र उपलब्ध गराउनेहरुमध्ये प्रमुख हुन् । यता हमासका अनुसार सईदको पद हमासको सशस्त्र विङ्गमा दोस्रो नम्बरमा थियो । यस विङ्गको कमान इज एल्डीन अल हदादको हातमा रहेको छ । 

एजेन्सी

Link copied successfully