छिल्लोपटक २४ जुलाईमा कम्बोडियाले थाइल्यान्डमाथि रकेट प्रहार गरेपछि युद्ध सुरु भएको थियो ।
What you should know
कम्बोडियाकोगृह मन्त्रालयले थप सूचना नआएसम्म नाका बन्द रहने जनाएको छ। यसअघि थाईप्रधानमन्त्री अनुतीन चर्नभिराकुलले कम्बोडियाले आफ्ना सबै सेनालाई युद्ध मैदानबाटफिर्ता बोलाएपछि मात्रै युद्धविराम हुने धारणा ट्रम्पसँग राखेका थिए । अमेरिकालेदुई देशबीचका युद्ध अन्त्यका लागि मध्यस्थता गरिररहेको छ ।
थाईअधिकारीहरूले शनिबार चार सैनिक मारिएका र दुवै पक्षबाट बम तथा गोली चलेका जनाएकाछन्। यससँगै सोमबारयता, मारिनेसैनिकको संख्या १५ पुगेको छ । २ सय ७० जना घाइते छन् ।
कम्बोडियाकोरक्षा मन्त्रालयले थाई लडाकू विमानले आफ्नो देशमा घुसेर होटल र पुलमा बम हानेकोदाबी गरेको छ । तर,युद्धमा मारिएका सैनिकको नाम सार्वजनिक गरेको छैन । उता, थाइल्यान्डले कम्बोडियाली रकेटआक्रमणमा केही नागरिक घाइते भएको बताएको छ ।
युद्धकाकारण सीमावर्ती क्षेत्रबाट कम्तीमा ७ लाख मानिस विस्थापित भएका छन् ।
दुईदेशबीचको सीमा विवादको इतिहास लामो छ । पछिल्लोपटक २४ जुलाईमा कम्बोडियाले थाइल्यान्डमाथिरकेट प्रहार गरेपछि युद्ध सुरु भएको थियो । जवाफमा, थाइल्यान्डले हवाई हमला गरेको थियो।
दुवै देशले आक्रमण सुरु गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् । यस युद्धमा ठूलो संख्यामा मानिस मारिएपछि अमेरिकामलेसियाका मध्यस्थतामा गत अक्टूबरमा युद्धविराम गरिएको थियो । तर दुवै पक्षले यसलाईपालना गरेनन् ।
