अमेरिकाले लगायो भेनेजुयलका ६ जहाजमाथि प्रतिबन्ध 

भेनेजुयलाले यस कार्यलाई अन्तर्राष्ट्रिय डकौती भनेको छ ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

US imposes sanctions on 6 Venezuelan ships

एजेन्सी — अमेरिकाले भेनेजुयलाको तेल बोक्ने थप ६ जहाजमाथि प्रतिबन्ध लगाएको छ । यसअघि बिहीबार मात्रै भेनेजुयलाको समुद्री तटबाट अमेरिकाले तेलको ट्यांकर कब्जामा लिएको थियो ।

उक्त ट्यांकर अमेरिकी बन्दरगाहमा ल्याउने लागिएको ह्वाइटहाउसकी प्रवक्ता कारोलिन लियभिट्टले बताएकी छिन् । 

भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोसँग नजिकको सम्बन्ध भएका केही मानिसलाई पनि अमेरिकाले प्रतिबन्धको सुचीमा राखेको छ । अमेरिकाले भेनेजुयलाको सरकारलाई अवैध सत्ता भन्दै आएको छ । 

यद्यपी, भेनेजुयलाले यस कार्यलाई अन्तर्राष्ट्रिय डकौती भनेको छ ।

यस घटनाले अमेरिका र भेनेजुयलाबीचको तनाव थप बढ्ने देखिएको छ । अमेरिकाले यसअघि भेनेजुयला हुँदै आउने डुंगामा आक्रमण गर्दा ठूलो संख्यामा मानिसहरु मारिदैं आएका छन् । अवैध ड्रग्स बोकेर ल्याएको आरोप लगाउँदै अमेरिकाले ती डुंगामा प्रहार गर्ने गरेको हो । 

ड्रग्सको कारोबार गर्नेहरुलाई भेनेजुयलाले संरक्षण दिएको तथा विगतमा लेबनानको सैन्य समुह हिजबुल्लाहसँग सहकार्य गरेको अमेरिकाको आरोप छ । 

कान्तिपुर

Link copied successfully