कम्बोडियासँगको युद्धकै दौरान थाइल्यान्डमा संसद् विघटन

कम्बोडियासँग जारी युद्धका दौरान अहिलेसम्म २० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै हजारौं मानिस बिस्थापित भएका छन् ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Thailand's parliament dissolved during war with Cambodia

एजेन्सी — थाइल्यान्डमा प्रधानमन्त्री अनुतिन चर्नभिराकुलको सिफारिसमा राजा महा बज्रलंक्रनले संसद् विघटन गरेका छन् । 

कम्बोडियासँग युद्ध जारी रहेकै अवस्थामा संसद् भंग गरिएको हा । 

अब ४५ देखि ६० दिनसम्ममा नयाँ चुनाव हुनेछ । तीन महिनाअघिमात्रै अनुतिन प्रधानमन्त्री बनेका थिए । उनले अल्पमतको सरकार चलाउँदा सीमा विवादसहितका समस्याहरु सम्बोधन गर्न कठिन भएको बताए ।

‘मलाई लाग्छ संसद् विघटन नै अहिलेको राम्रो समाधान हो । जसकारण राजनीतिक शक्ति फेरि एकपटक जनताको हातमा जान्छ,’ उनले भने । 

संसद्मा अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षीहरुले गरेपछि अनुतिनले संसद् भंग गरेका हुन् । थाइल्यान्डमा कुनै पनि पार्टीको बहुमत नभएकाले सरकार बन्ने र ढल्ने क्रम चलिरहेको थियो । 

यहाँ, अगस्ट २०२३ यता प्रधानमन्त्री लगातार तीनजना प्रधानमन्त्री फेरिसकेका छन् । 

दक्षिणी थाइल्यान्डमा गत महिना बाढीले कम्तिमा १ सय ७६ जनाको मृत्यु भएपछि अनुतिन र उनको पार्टी भुमजाईथाइ पार्टी निकै आलोचित बनेको थियो ।

कम्बोडियासँग जारी युद्धका दौरान अहिलेसम्म २० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै हजारौं मानिस बिस्थापित भएका छन् । 

कान्तिपुर

Link copied successfully