पाकिस्तानका पूर्वगुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रही व्यक्तिहरूलाई गलत क्षति पुर्‍याएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

मंसिर २५, २०८२

रासस

Pakistan's former spy chief sentenced to 14 years in prison

इस्लामावाद — पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली 'इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी' एजेन्सीका पूर्वप्रमुखलाई राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोगलगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रही व्यक्तिहरूलाई गलत क्षति पुर्‍याएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजात अनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ ।

गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ । लामो कानुनी कार्यबाहीपछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको विज्ञप्तिमा जनाइएको छ । विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए, जसलाई केही शीर्ष नेताहरूको समर्थन गुमाए पछि अविश्वास मतद्वारा हटाइएको थियो ।  

सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिना पछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ । यस लगत्तै उनलाई पाकिस्तानी सेना ऐन उल्लंघन गरेको पनि आरोप लगाइएको थियो ।  

रासस

Link copied successfully