सुडानको किंडरगार्टनमा ड्रोन आक्रमणमा परी ३३ बालबालिकासहित ५० जना मारिए

आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Drone attack on Sudan kindergarten kills 50, including 33 children

काठमाडौँ — सुडानको कालोकी सहरमा भएको ड्रोन आक्रमणमा एक किंडरगार्टनलाई निशाना बनाएको छ । जहाँ साना स्कुले बालबालिका थिए ।

आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार मर्नेहरुमा ३३ जना बालबालिका छन् । 

आइतबार भएको यो आक्रमण सुडानको डक्टर्स नेटवर्क र सेनाले अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई जिम्मेवार ठहर्‍याएका छन् । 

आरएसएफले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । स्लामिक कट्टरपन्थी उक्त अर्धसैनिक समूहले शुक्रबार डार्फर क्षेत्रमा सुडानी सेनाले ड्रोन आक्रमण गरी एक बजार र चाड सीमासँग जोडिएको अद्रे बोर्डर क्रसिङमा फ्यूल डिपोलाई निशाना बनाएको आरोप लगाएको छ ।

अप्रिल २०२३ देखि सुडानमा गृहयुद्ध जारी छ । आरएसएफ र सेनाबीच सत्ता संघर्ष चलिरहेको छ । दुवै पहिला एक अर्काको सहयोगी भएकामा अहिले एक अर्कालाई सिध्याउन लागिपरेका छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully