अमेरिका–रुस वार्तामा कुनै सहमति जुटेन

अमेरिकाले युक्रेन र रुसबीच वार्ताको मध्यस्थता गरिरहेको छ । त्यसका लागि केही समय पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

No agreement reached in US-Russia talks

एजेन्सी — रुसी राष्ट्रपति भ्लादिमिटर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतबीच मंगलबार मस्कोमा ५ घण्टासम्म चलेको वार्ता कुनै सहमतिमा पुग्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

वार्ता सकारात्मक भएपनि यसका केही प्रावधानलाई मस्कोले स्विकार्न नसकेको रुसी राष्ट्रपतिका प्रवक्ताले बताए । 

यस छलफलमा अमेरिकाबाट स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाँइ जरेद कुस्नर सहभागी थिए । 

अमेरिकाले युक्रेन र रुसबीच वार्ताको मध्यस्थता गरिरहेको छ । त्यसका लागि केही समय पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

अमेरिकाले रुससँगको सम्झौताका लागि २८ बुँदे योजना समेत सार्वजनिक गरेको थियो, यस प्रारम्भिक योजनामा रुसको पनि समर्थन थियो । 

तर युक्रेन र केही युरोपली देशहरुले मिलेर यस योजनामा संशोधन गरेका थिए । उक्त संशोधनमा सहमति जुटाउन मंगलबार ट्रम्पका विशेष दूतले पुटिनलाई भेटेका हुन् ।

कान्तिपुर

Link copied successfully