उजमाले इमरानसँग केवल २० मिनेट कुराकानी भएको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको पाइएको बताइन् ।
एजेन्सी — पाकिस्तानी अधिकारीहरुले पूर्व प्रधानमन्त्री इमरान खानकी बहिनी उजमा खानलाई उनीसँग भेट्न दिएका छन् ।
पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) कार्यकर्ताहरुले इस्लामावाद उच्च अदालत र अडियाला जेलबाहिर प्रदर्शन गरेको केही दिनपछि इमरानलाई आफन्त भेट्न दिइएको हो ।
यसअघि झन्डै एक महिनादेखि इमरानलाई भेट्न नदिएको गुनासो परिवारले गरेका थिए । मंगलबार इमरानका तीन बहिनी अलिमा खानम, नौरीन नियाजी र उजमा खान उनीसँग भेट्न अडियाला जेल पुगेका थिए ।
तर अधिकारीहरुले एकजनासँग मात्रै इमरानको भेट गराइदिए ।
उजमाले इमरानलाई जेलमा खराब अवस्थामा राखिएको बताइन् । ‘उनी निकै रिसमा थिए र आफुमाथि मानसिक दबाब दिइएको बताए । उनलाई दिनभर कोठा थुनेर राखिन्छ र थोरै अवधिमात्रै बाहिर निस्कन दिइने रहेछ । कसैसँग कुराकानीको अनुमति रहेन छ । यी सबैका लागि आसिम मुनिर जिम्मेवार छन् ।’
उजमाले इमरानसँग केवल २० मिनेट कुराकानी भएको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको पाइएको बताइन् ।
