ठगी, धोकाधढी र घुस लिएको अभियोगमा नेतान्याहुको सुनुवाई चलिरहेको छ । इजरायलमा प्रधानमन्त्री बहाल रहेकै बेला यस्तो छानविनबाट गुज्रने उनी पहिलो व्यक्ति हुन् ।
एजेन्सी — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भ्रस्टाचार अभियोगबाट आफुलाई माफी दिन राष्ट्रपति समक्ष प्रस्ताव गरेका छन् । राष्ट्रपतिको कानुनी विभागमा लिखित पत्र पठाउादै उनले यस्तो आग्रह गरेका हुन् ।
ठगी, धोकाधढी र घुस लिएको अभियोगमा उनको सुनुवाई चलिरहेको छ । इजरायलमा प्रधानमन्त्री बहाल रहेकै बेला यस्तो छानविनबाट गुज्रने उनी पहिलो व्यक्ति हुन् । । आफ्ना धनाढ्य राजनीतिक समर्थकहरुलाई मद्दत गर्नेगरी विभिन्न अवैध काम गरेको अभियोग उनीमाथि छ । तर कुनै पनि अभियोग पुष्टि भइसकेको छैन ।
नेतान्याहुले आफुमाथिका सबै आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले सञ्चारमाध्यम, प्रहरी र न्यायालयले आफुलाई खेद्न खोजेको आरोप लगाउने गरेका छन् ।
ट्रम्पको आग्रह
केही साताअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुलाई आममाफी दिनका लागि इजरायली सांसद्हरुसँग आग्रह गरेका थिए ।
उनले इजरायलको संसद्मा गत महिना सम्बोधन गरेका थिए । यस महिनाको सुरुवातमा ट्रम्पले राष्ट्रपति इस्याक हर्जोगलाई पत्र पनि लेखेका थिए , जसमा नेतान्याहुमाथि लागेको भ्रस्टाचार आरोप राजनीतिक रुपमा प्रेरित रहेको उल्लेख थियो ।
प्रधानमन्त्री नेतान्याहुले यसरी माफी माग्दै राष्ट्रपतिलाई चिट्ठी लेखेपछि सर्वसाधारणले प्रदर्शन गरेका छन् । भ्रस्टाचारको संरक्षणले मुलुकको छवि र लोकतान्त्रिक संस्थानहरुलाई धरासायी बनाउने उनीहरुको तर्क छ ।
