हङकङको वाङ फुक कोर्टमा आगलागीको घटना हुनुमा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।
हङकङ — हङकङको वाङ फुक कोर्टमा आगलागी भएको घटनामा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
उक्त जानकारी सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत दिएका हुन् ।
प्रहरीले जनाए अनुसार घटनाको विस्तृत अनुसन्धान अझै जारी रहेको छ र आवश्यक परे थप व्यक्तिहरूलाई समेत पक्राउ गर्न सकिने सम्भावना छ ।
आगो लागेका भवनबाट संकलित २० वटा निर्माण जालीका नमुनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्डसमेत पूरा नगरेको पुष्टि भएको अधिकारीहरूले बताएका छन् ।
यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष आएको छ ।
आगलागीमा परी हालसम्म १५१ जनाको मृत्यु भएको छ ।
