भ्रस्टाचार प्रकरणमा मुछिएपछि जेलेन्स्कीका  सल्लाहकार एन्ड्री यर्माकले गरे राजीनामा 

राष्ट्रपति जेलेन्स्कीले राजीनामा गरेर छानविनमा सघाउन आग्रह गरेका थिए

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Zelensky's advisor Andriy Yermak resigns after being implicated in corruption scandal

एजेन्सी — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री यर्माकले राजीनामा गरेका छन् । आफ्नो घरमा भ्रस्टाचारको अभियोगमा प्रहरीले छापा हानेसँगै उनले राजीनामा दिएका हुन् । 

शुक्रबार युक्रेनका दुई प्रमुख भ्रस्टाचार नियन्त्रण निकायले यर्माकको अपार्टमेन्टमा छापा हानेका थिए । त्यसयता, यर्माकले यस छानविनमा आफ्नो पूर्ण समर्थन रहने बताएका छन् । 

रुस–युक्रेन युद्ध सुरु भएयता उनी जेलेन्स्कीका मुख्य सल्लाहकार तथा निकटका सहयोगी रहदैं आएका छन् ।  जेलेनेस्कीले केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताको लागि उनलाई प्रमुख व्यक्तिका रुपमा नियुक्त गरेका थिए ।

तर, पछिल्लो केही सातायता युक्रेनमा भ्रस्टाचार काण्डहरुले  जेलेन्स्की सरकार विवादमा तानिएको छ । राष्ट्रपति जेलेन्स्कीले राजीनामा गरेर छानविनमा सघाउन आग्रह गरेपछि यर्माकले राजीनामा गरेका हुन् । 

कान्तिपुर

Link copied successfully