श्रीलंकामा बाढीले कम्तिमा ४० को मृत्यु 

विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार बादुल्ला र नुवारा इलिया क्षेत्रमा २५ जनाको मृत्यु भएको छ । यो क्षेत्र कोलम्बोबाट ३ सय किलोमिटर पूर्वतर्फ पर्छ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Floods kill at least 40 in Sri Lanka

एजेन्सी — एजेन्सी– श्रीलंकामा भारी वर्षाले निम्त्याएको बाढी–पहिरोमा परेर कम्तिमा ४० जनाको मृत्यु भएको छ । देशका केही स्थानमा सडक तथा रेल वे सेवा अवरुद्ध भएको सरकारी अधिकारीहरुले बताएका छन् । 

विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार बादुल्ला र नुवारा इलिया क्षेत्रमा २५ जनाको मृत्यु भएको छ । यो क्षेत्र कोलम्बोबाट ३ सय किलोमिटर  पूर्वतर्फ पर्छ । 

पहिरोमा परेर यही क्षेत्र आसपास २१ जना मानिसहरु बेपत्ता भएको तथा १० जना घाइते भएको पनि विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

कान्तिपुर

Link copied successfully