ट्रम्पले स्विकारे सीको निमन्त्रणा, अप्रिलमा बेइजिङ भ्रमणमा जाने 

ट्रम्पले सोमबार बिहान विभिन्न विषयवस्तुमा सीसँग कुराकानी भएको बताए । रुस–युक्रेन युद्ध, फेन्टानेल, सेयाबिन र अन्य कृषि उपजबारे छलफल भएको उनले बताए ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Trump accepts Xi's invitation to visit Beijing in April

एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणा स्विकारेका छन् । सोमबार बिहान दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको थियो । 

वार्ताका क्रममा सीले उनलाई बेइजिङ भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति ट्रम्पले आगामी अप्रिलमा आफु बेइजिङ जाने बताए । त्यस्तै, २०२६ मै सी अमेरिका भ्रमणमा आउने ट्रम्पले बताए । 

‘राष्ट्रपति सीले मलाई अप्रिलमा बेइजिङ आउन निम्तो दिएका छन् र मैले त्यसलाई स्विकारेको छु । मैले पनि अतिथीका रुपमा त्यही वर्ष राजकीय भ्रमणमा आउन दिएको छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘हामीबीच सञ्चार भइरहनु महत्वपूर्ण रहेको निर्णयमा हामी पुगेका छौं । उनीसँग कुराकानी भइरहनेछ ।’

ट्रम्पले सोमबार बिहान विभिन्न विषयवस्तुमा सीसँग कुराकानी भएको बताए । रुस–युक्रेन युद्ध, फेन्टानेल, सेयाबिन र अन्य कृषि उपजबारे छलफल भएको उनले बताए । 

गत अक्टुबरको अन्त्यमा सी र ट्रम्पबीच दक्षिण कोरियामा भेटघाट भएको थियो । त्यसयता, दुबै देशका राष्ट्रप्रमुखबीचको  सम्बन्ध सुधार हुँदै आएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully