अफगानिस्तानमा बम बिस्फोटमा ९ बालबालिकासहित कम्तिमा १० को मृत्यु

तालिवान प्रशासनले पाकिस्तानमाथि आक्रमणको आरोप लगाएको छ ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

At least 10 killed, including 9 children, in Afghanistan bomb blast

What you should know

काठमाडौँ — अफगानिस्तानको खोस्त प्रान्तस्थित एक घरमा बम बम बिस्फोटमा परेर कम्तिमा ९ बालबालिका र एक महिलाको निधन भएको छ । तालिवानले यसको आरोप पाकिस्तानमाथि लगाएको छ ।

तालिवान प्रशासनका प्रवक्ता जाबीहुल्लाहमुजाहिदले खोस्त प्रान्तस्थित गुर्बाज जिल्लामा मध्यराति बम खसालेको बताए । 

केही दिनअघि मात्रै मत्थर देखिएको दुईपक्षबीचकोविवाद यस हमलाले फेरि सुरु भएको छ । पाकिस्तानको बिस्तारवादी फौजले काजीमिरका छोरा स्थानीय वालित खानको घरमा हमला गरेको छ,’ मुजाहिदलेसामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नतिजा, नौ बालबालिका (५चार छोरा र तीन छोरी र एक महिला सहिद भएका छन् र उनको घर ध्वस्त भएको छ ।

उत्तरपूर्वी कुनार र पूर्वी पाक्टिका प्रान्तमाभएका अन्य हमलामा कम्तिमा चारजना सर्वसाधारण घाइते भएको आरोप पनि मुजाहिदले लगाएकाछन् । यस विषयमा पाकिस्तानले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।

पेसावरस्थित पाकिस्तानको अर्धसैन्य संघीयकन्स्ट्याबुलरी फोर्सको मुख्यालयमा आत्मघाती आक्रमण भएको भोलिपल्टै अफगानिस्तानमाबम हमला भएको हो ।

पाकिस्तानमा  भएकोहमलाको जिम्मेवारी जमात उल अहररले लिएको छ, जो पाकिस्तानतालिवानबाट विभाजित समुह हो ।

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभीले यसहमलामा अफगानी नागरिकहरु संलग्न भएको दाबीसहितको समाचार प्रशारण गरेको थियो ।पाकिस्तानका राष्ट्रपति आसिफ जर्दारीले विदेशीको आडमा यस्तो घटना रचिएको आरोपलगाएका थिए ।

इस्लामावादमा यसै महिनाको सुरुवातमा भएको अर्कोएक आत्मघाती बम हमलामा कम्तिमा १२ व्यक्तिको निधन भएको थियो । यसको जिम्मेवारी पनिपाकिस्तान तालिवानबाट विभाजित भएको समुहले नै लिएको थियो । पाकिस्तानले यस हमलाकोयोजना पनि अफगानिस्तानमै बनेको आरोप लगाएको छ ।

सन् २०२१ मा तालिवानले सत्ता कब्जा गरेसागैपाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रन थालेको थियो । अक्टुबरमा सीमाक्षेत्रमा लडाइा हुादा दुबै पक्षका सैनिक गरेर कम्तिमा ७० जनाको मृत्यु भएको थियो। त्यसयता, कतार र तुर्कियाको मध्यस्थतामा युद्धविरामगरिएको थियो । तर, इस्तानवुलमा भएको उक्त वार्तामा कुनै स्थायीसम्झौता भएको थिएन ।

पाकिस्तानले आफ्नो देशमा भइरहेका हमलामासंलग्नहरुलाई तालिवानले शरण दिदैं आएको आरोप लगाउादै आएको छ । तालिवानले यसआरोपलाई अस्विकार गर्दै आएको छ । उसले अफगानिस्तानप्रति घृणा फैलाउने समुहलाईपाकिस्तानले संरक्षण दिइरहेको र अफगानिस्तानको सार्वभौमसत्ताको अवमुल्यन गरेकोआरोप लगाउँदै आएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully