२८ बुँदे अमेरिकी शान्ति योजनामा युक्रेनले भूभाग सुम्पनुपर्ने र नाटोमा नजाने प्रतिवद्धता व्यक्त गर्नुपर्ने उल्लेख छ । युरोपेली साझेदारले यसमा गम्भीर असन्तुष्टि जनाएका छन् ।
What you should know
एजेन्सी — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेनेभामा युक्रेनी, युरोपेली र अमेरिकी अधिकारीहरुबीच निकै राम्रो वार्ता भएको बताएका छन् ।
रुस र युक्रेनबीचको शान्ति योजनाकालागि अमेरिकी राष्ट्रपति डोनाल्डले अघि सारेको २८ बुँदे प्रस्तावमा आइतबार वार्ताभएको थियो । वार्तालगत्तै जारी गरिएको संयुक्त विज्ञप्तिमा छलफल परिणाममुखी रहेको उल्लेख थियो ।
‘यो जीवन्त दस्तावेज हो । हरेक दिन यसमापरिवर्तन भइरहेका छन्, ’ अमेरिकी विदेशमन्त्री रुबियोले भने,‘ यसमापरिवर्तन गर्न सकिन्छ । आज निकै राम्रो छलफल भयो । तर हामीलाई अझै समय चाहिन्छ ।’अमेरिकालेसारेको शान्ति योजनामा रुसलाई बढी सहुलियत दिइएको भन्दै उसका युरोपेलीसाझेदारहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
यस योजनामा युक्रेनले केही भूभागरुसलाई सुम्पनुपर्ने उल्लेख छ । त्यस्तै सेनाको संख्या घटाउनुपर्ने र नाटोमासहभागी नहुने प्रतिवद्धता व्यक्त गर्नुपर्ने उल्लेख छ ।
अमेरिकी विदेश विभागका प्रवक्ताले रुस रयुक्रेन दुबैसँग सुझाव मागेर अमेरिकाले यो दस्तावेज तयार गरेको बताएका छन् । आइतबार जेनेभामा भएको छलफललाई समावेश गरेरदस्तावेजलाई फेरि संशोधन गरिने उनले बताएका छन् ।
