जेलेन्स्कीले भने–युक्रेनले या त आफ्नो गरिमा गुमाउनुपर्ने हुन्छ या अमेरिकाको साथ छाड्नुपर्ने हुनसक्छ

उनले अघि भने, ‘हामी हाम्रो इतिहासको सबैभन्दा कठिन समयमध्ये एकमा छौं ।’

मंसिर ६, २०८२

एजेन्सी

Zelensky said – Ukraine will either have to lose its dignity or leave the US.

काठमाडौँ — युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँग युद्ध अन्त्यका लागि अमेरिकाले राखेका शर्तहरुले युक्रेनलाई आफ्नो गरिमा गुमाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘यक्रेनलाई एक निकै मुस्किल निर्णय गर्नुपर्ने हुनसक्छ । या हामीलाई आफ्नो गरिमा गुमाउनुपर्ने हुनसक्छ या महत्त्वपूर्ण साझेदार अमेरिकाको साथ छाड्नुपर्ने हुनसक्छ ।’

उनले अघि भने, ‘हामी हाम्रो इतिहासको सबैभन्दा कठिन स्थितिमध्ये एकमा छौं ।’ रुस र युक्रेनबीच युद्ध अन्त्य गर्नका लागि अमेरिकाको शान्ति योजनाको फ्रेमवर्क आएपछि जेलेन्स्कीले यस्तो टिम्पणी गरेका हु्न् । यो शान्ति योजना सञ्चारमाध्यमबाट बाहिरिएको थियो । 

यसमा युक्रेनले अस्वीकार गर्दै आएका शर्तहरु राखिएका छन् । २८ बुँदे यस शान्ति योजनामा युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्ने, आफ्ना सैनिक कम गर्ने र नेटोमा कहिलेपनि सहभागी नहुने ज्ञारेन्टीजस्ता शर्तहरु छन् । रुसले सन् २०२२ देखि युक्रेनमा आक्रमण गरिएरहेको छ । अहिलेको अवस्थामा रुसले युक्रेनको २० प्रतिशत क्षेत्रमा कब्जा गरिराखेको छ ।

एजेन्सी

Link copied successfully