यसअघि इप्स्टेनसँग जोडिएको २० हजार पेजभन्दा लामो दस्तावेज सार्वजनिक भएको थियो । उक्त दस्तवोजका केही पेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम समेत जोडिएको छ ।
What you should know
एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले जेफ्री इप्स्टेनसँग जोडिएका फाइलहरु खोल्नका लागि अमेरिकी न्याय विभागलाई आदेश दिने निर्णयमा हस्तारक्षर गरेका छन् ।
यसअघि यो प्रस्ताव सदनका दुबै चेम्बर (हाउस र सिनेट) बाट पारित भइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इप्स्टेनसँग जोडिएका फाइनल नरोक्न रिपब्लिकन पार्टीका सांसद्हरुलाई आव्हान गरेका थिए ।
यसअघि इप्स्टेनसँग जोडिएको २० हजार पेजभन्दा लामो दस्तावेज सार्वजनिक भएको थियो । उक्त दस्तवोजका केही पेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम समेत जोडिएको छ ।
तर ट्रम्पले आफुले कुनै गल्ती नगरेको बताउँदै आएका छन् । उनले राजनीतिक स्वार्थका लागि डेमोक्रेटिक पार्टीले आफुविरुद्ध गलत हल्ला फैलाएको दाबी गरिरहेका छन् ।
को हुन् इप्स्टेन रु
व्यवसायी तथा यौन दूराचारी जेफ्री इप्स्टेनको सन् २०१९ मा जेलमै शंकास्पद मृत्यु भएको थियो । उनमाथि क्यारेबियन समुद्र आसपास आलिसान रिसोर्टहरु सञ्चालन गर्ने र त्यहाँ किशोरीहरुलाई लगेर धनाढ्यहरुको सेवा गर्न लगाउने गरेको अभियोग थियो ।
यसक्रममा यौन दुर्व्यबहार भएको गुनासो किशोरीहरुले गरेका छन् । बेलायतका अधिराजकुमार एन्ड्रयुले इप्स्टेनसँगको आफ्नो सम्बन्धलाई लिएर विवाद भएपछि दरबार छाड्ने निर्णय गरिसकेका छन् । यस्ता धेरै हाइप्रोफाइल व्यक्ति, राजनीतिज्ञ तथा व्यवसायी यस प्रकरणमा जोडिएका छन् ।
