शेख हसिनाविरुद्धको मुद्दामा न्यायाधीशले सुरु गरे फैसला पढ्न, यी हुन् पाँच आरोप

७८ वर्षीया हसिना भारतमा छिन् र उनले भारतबाट फर्केर बयान दिनका लागि गरिएको आग्रह अस्विकार गर्दै आएकी छिन् । ५ अगस्ट २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा ठूलो संख्यामा मानिसहरु मारिएका थिए ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Judge begins reading verdict in case against Sheikh Hasina, here are five charges

What you should know

एजेन्सी — अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई शीर्ष सहयोगीविरुद्धको मुद्दामा फैसला पढ्न सुरु गरेको बंगलादेशी सञ्चारमाध्यम द डेलीस्टार डटनेटले जनाएको छ ।

पूर्व गृहमन्त्री असादुज्जामान खान कमल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दूल्लाह अल मामुम पनि यस घटनामा आरोपित छन् । 

तीन सदस्यीय ट्राइबुनलको नेतृत्व न्यायाधिस गोलम मोर्टुजा मोजुम्दरले गरेका छन् । कडा सुरक्षाबीच उनले नै कोर्ट रुममा फैसला पढिरहेका छन् ।

७८ वर्षीया हसिना भारतमा छिन् र उनले भारतबाट फर्केर बयान दिनका लागि गरिएको आग्रह अस्विकार गर्दै आएकी छिन् । ५ अगस्ट २०२४ मा विद्यार्थीहरुको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा ठूलो संख्यामा मानिसहरु मारिएका थिए । 

पूर्व गृहमन्त्री असादुज्जामान पनि फरार छन् । पूर्व प्रहरी महानिरीक्षक चौधरी मामुम हिरासतमा छन् र उनले आरोप स्विकारिसकेका छन् । त्यस्तै सरकारसँग सहकार्य गरेर अपराधमा संलग्न अन्यविरुद्ध बयान दिने स्विकार पनि गरिसकेका छन् । 

आईसीटी–१ ले हसिना र उनका सहयोगीविरु लगाएका मुद्दा यस्ता छन् । 

मुद्दा एक :  प्रतिवादीहरूलाई हत्या, हत्या प्रयास, यातना र अन्य अमानवीय कार्य गरेको आरोप लगाइएको छ । अपराध रोक्न असफल भएको आरोप छ । 

मुद्दा २ : उनीहरूमाथि विद्यार्थी प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न घातक हतियार, हेलिकोप्टर र ड्रोन प्रयोग गर्न आदेश दिएको आरोप छ ।

मुद्दा ३ : सन् २०२४ जुलाई १६ मा बेगम रोकेया विश्वविद्यालयका विद्यार्थी अबु सैयदको हत्या लागि आदेश दिएको, उक्साएको, सहयोग गरेको, षड्यन्त्र र संलग्नता जनाएको आरोप छ ।

मुद्दा ४ : अभियुक्तहरुकै प्रत्यक्ष आदेश, सहयोग र संलग्नतामा सन् २०२४ अगस्ट ५ मा राजधानी ढाकास्थित चंकरपुलमा ६ जना निशस्त्र प्रदर्शनकारीको हत्या गरिएको आरोप छ । 

मुदुदा ५ :  ५ जना प्रदर्शनकारीलाई गोली हानी हत्या गरिएको र अर्को एकलाई घाइते पारिएको आरोप छ । अपराध ढाक्न ती ५ जनाको शव जलाएको, अका एक प्रदर्शनकारीलाई जिउँदै जलाएको आरोप पनि छ ।

कान्तिपुर

Link copied successfully